बिहिबार , कार्तिक ४, २०७८

कांग्रेसवाट गगन थापा मन्त्रीमा नियुक्त ?

अषोज १०, २०७८ आइतबार 80

कांग्रेसवाट गगन थापा मन्त्रीमा नियुक्त ?

कांग्रेसवाट गगन थापा मन्त्रीमा नियुक्त ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट गगनकुमार थापा र मिनेन्द्र रिजाललाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कार्यकुशलतामा दक्षता भएका दुवैजनालाई मन्त्री बनाउने तयारी गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

पार्टीमा लामो समय कुशलतापूर्वक काम गरेका दुवै जनालाई मन्त्रीका रुपमा तयारी हुन भनिएको छ । थापा र रिजाल पनि मन्त्रीको जिम्मेवारी आए सम्हाल्ने देखिएका छन् ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् ।

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए । उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे । एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औंल्याए ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे । थपमा यो पनि

काठमाडौँ । ज्योतिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ। विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा । यहि रेखाको माध्यमबाट ज्योतिषले तपाईको आफ्नो जीवनको बारेमा धेरै कुरा बताउँछन्।

 

हस्थरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन्। आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ।

 

३हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ। हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए।

हत्केलामा ‘X’ हुनु : मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ। जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ। भर्खरै हत्केलामा ‘X’ रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ।

 

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा ह चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला-ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए।

 

के हो यसको अर्थ ? जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन्। जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ।