बिहिबार , कार्तिक ४, २०७८

स्वास्थ्यमन्त्रीमा गगन थापा नियुक्त, यति गते सपथ लिदै?

अषोज ९, २०७८ शनिबार 69

स्वास्थ्यमन्त्रीमा गगन थापा नियुक्त, यति गते सपथ लिदै?

काठमाडौं

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी गराइने भएको हो ।

नेता थापाले सरकामा सहभागी हुने चाहना देखाएका कारण प्रधानमन्त्री देउवाले मानेमा उनी मन्त्री हुने निश्चित रहेको स्रोतको भनाइ छ । संस्थापनइतर पौडेल पक्षबाट उनलाई मन्त्री बनाइने सम्भावना बढी छ ।

यसअघि माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला गगन थापा स्वास्थ्यमन्त्री बनेका थिए ।

 

 

त्यस क्रममा केही लाेकप्रिय काम पनि गरेर चर्चा कमाएका थिए ।त्यस्तैगरी प्रधानमन्त्री देउवाले संसदबाट बिस्वासको मत प्राप्त गरेपछि नेपाली काँग्रेसमा सरकारमा जान अरू धेरैले इच्छा देखाइरहेका छन् ।

जसमा काँग्रेसले प्रकाशमान सिंह, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, प्रमोद यादव, राजन केसी र तुजुलाल चौधरीलगायतबाटै मन्त्री छान्ने स्रोतको भनाइ छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****