बिहिबार , कार्तिक ४, २०७८

अमेरिकाले माग्यो नेपाली कामदार, यसरी दिनुहोस् आबेदन? यस्तो छ प्रकिया?

अषोज ९, २०७८ शनिबार 47

अमेरिकाले माग्यो नेपाली कामदार, यसरी दिनुहोस् आबेदन? यस्तो छ प्रकिया?

अमेरिकाले कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ । आर्थिक बर्ष २०२२ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म दर्ता गर्ने समय तोकिएको छ ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।

श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

एचवानबी भिसामा कति छन् नेपालीहरु ?

अमेरिकामा एचवानबी भिसामा रहेका र उनीहरुका डिपेन्डेन्ट नेपालीहरु झण्डै ३ हजारको हाराहारीमा रहेका छन् । सन् २०१५ (आ.ब.) मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरुको संख्या १२४४ रहेको थियो भने त्यो भन्दा धेरै संख्यामा उनीहरुका डिपेन्डेन्टहरु रहेका थिए ।

त्यस्तै सन् २०१४ मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरु ११२७ जना रहेका थिए भने सन् २०१३ मा १०१८ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । सन् २०१२ मा १०३० नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए भने सन् २०११ मा १०४३ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । त्यस्तै सन् २०१० मा ९९१ नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए ।

पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने भएका कारण सन् २०११ मा पहिलोपटक एचवान बी भिसा प्राप्त गर्नेहरु समेत अहिलेसम्म भिसाबाहक विदेशी कामदारका रुपमा गनिन्छन् । हाल हरेक वर्ष ८५ हजारले एचवान बी भिसा प्राप्त गर्नसक्ने अमेरिकी कोटा रहेको छ । ६५ हजार नियमित र २० हजार अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले एच वान बी भिसा प्राप्त गर्न सक्नेछन् ।