बिहिबार , कार्तिक ४, २०७८

मध्यरातमा प्रकृती नै निष्ठुरी बनेर आयो, अस्ताए एकै घरका कलिला मुनाहरु

अषोज ९, २०७८ शनिबार 79

मध्यरातमा प्रकृती नै निष्ठुरी बनेर आयो, अस्ताए एकै घरका कलिला मुनाहरु

गुल्मी –गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पु रिएर एकै घरका ३ जनाको मृत्यु भएको छ ।

फेसबुकमा पछ्याउनुहोस

 

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

एक तले पक्की घर माथीबाट ढुंगामाटोसहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पु रिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो ।

परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय र सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै श ब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।

राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो ।