सोमबार , कार्तिक १, २०७८

चीनमा आमाबुवाको नि’धन भएको ४ वर्षपछि बच्चा जन्मियो

अषोज ८, २०७८ शुक्रबार 47

चीनमा आमाबुवाको नि’धन भएको ४ वर्षपछि बच्चा जन्मियो

चीनमा आमाबुवाको नि’धन भएएजेन्सी । चीनमा कार दुर्घट’नामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ । बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मि’लाएका थिए।

 

उक्त बच्चाको जन्म भने सन् २०१८ को डिसेम्बरमा भएको थियो । यसबारे ‘द बेइजिङ न्यूज’ले त्यतिबेला समाचार उक्त समाचार प्रकाशित गरेको थियो। यो समाचार आज पनि मानिसहरुले खोजीखोजी पढ्ने गरेको एक अध्ययनले जनाएको छ।

 

त्यतिबेला यस्ता घ’टनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमा सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको थियो ।

 

दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइ’ट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो। कानुनी प्रक्रि’यापछि ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए। (बीबीसीको सहयोगमा)को ४ वर्षपछि बच्चा जन्मियो