सोमबार , कार्तिक १, २०७८

काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा ख’स्यो, श्रीमान श्रीमती सहित…

अषोज ८, २०७८ शुक्रबार 26

काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा ख’स्यो, श्रीमान श्रीमती सहित…

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार ख’सेको छ ।इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घा’इते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

 

घा’इतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बे’पत्ता भएको प्रहरीले जनाएको छ ।

 

बे’पत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो । घ’टनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन ।