बिहिबार , कार्तिक ४, २०७८

एक वर्ष अगाडि मात्रै विबाह भएकाे थियो श्रीमतिको रहस्यमय मृ;त्यु भएपछि श्रीमान आए विदेशबाट पहिलो पटक मिडियामा (भिडियो)

अषोज ६, २०७८ बुधबार 27

एक वर्ष अगाडि मात्रै विबाह भएकाे थियो श्रीमतिको रहस्यमय मृ;त्यु भएपछि श्रीमान आए विदेशबाट पहिलो पटक मिडियामा (भिडियो)

मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले गत वर्षमात्र आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै पति–पत्नीबीचको बिछोड भएको छ । विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए ।

 

त्यहाँ काम गरिरहेका उनले शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । रोजिना पनि शनिबार सलकपुर बजारमा किनमेल गरेर फर्किएकी थिइन् । विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू पी डामा रहेको भन्दै देहत्याग गर्ने निर्णय सुनाइन् ।

 

रोजिनाले पी डाको विषयबारे कुरा गरिनन् । देहत्याग गर्ने रोजिनाको निर्णबारे सुरुमा त विनोदले विश्वास गरेनन् । तर पटक–पटक उनले म म र्छु भनेपछि विनोदले सम्झाए । अनेकन आग्रह गरे । तर रोजिनाले ढिपी कसिरहिन् । कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् ।

 

 

एकैछिनमा परिवारबाट फोन आयो । परिवारले रोजिना रहिनन् भन्दा विनोद छाँ’गाबाट ख’सेज’स्तो भए । अनि उनलाई परिवारले रोजिनाको माइतीपक्षमा सूचना पुर्‍याइदिन भने । विनोदले सोहीअनुसार माइती पक्षसँग कुरा गरे । उनीहरूको दुई परिवारबीच सम्धीभेटसमेत भएको थिएन । यसैले उनीहरूबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ ।

 

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा आफ्नै घरको कोठाभित्र मृतावस्थामा फेला परेकी २४ वर्षीया रोजिना गिरीको माइतीपक्षले कि’टा’नी जाहेरी दिने तयारी गरेका छन् ।