बिहिबार , कार्तिक ४, २०७८

सम्धीभेट समेत गर्न नपाई रोजिनाले यो के गरिन् ? दुवईमा भएका श्रीमानलाई यसो भन्दै गरेकी रहिछन् अन्तिम फोन

अषोज ५, २०७८ मंगलबार 47

सम्धीभेट समेत गर्न नपाई रोजिनाले यो के गरिन् ? दुवईमा भएका श्रीमानलाई यसो भन्दै गरेकी रहिछन् अन्तिम फोन

काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । तर यता मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा भने उनकी श्रीमती कोठामा मृ त फेला परीन् । आइतवार स्थानियले खबर गरेपछि प्रहरी गएर हेर्दा स्थानिय २४ वर्षीया रोजिना गिरीलाई मृ त फेला पारेको हो । उनको ढोकाको चुकुल भित्रवाट लगाएको थियो ।

 

सलमा झु ण्डि एको अवस्थामा गिरी फेला परेकी स्थानियबासीन्दाले पनि बताएका छन् । घटना थाहा पाएपछि आइतबार बिहान ७ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । उनी शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएको देख्ने पनि स्थानिय छन् । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि घट्ना बाहिर आएको हो।

शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले गत वर्षमात्र विवाह गरेकी थिइन् । उनीहरुको प्रेम विवाह हो । सामाजिक सञ्जाल फेसबुकबाट उनीहरुको चिनजान पछि विवाह भएको हो ।

 

 

विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए । त्यहाँ काम गरिरहेका उनले शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू समस्यामा रहेको बताएकी थिइन् । उनले आफुलाई बाँ च्न समेत मन नलागेको कुरा पनि श्रीमानलाई बताएको प्रहरी अनुसन्धानवाट खुलेको छ । तर उनले आफु के कुराले समस्यामा थिइन् भन्ने कुरा भने श्रीमानसंग खुलाएकी थिइनन् ।

 

श्रीमतीले भनेको कुरा उनका श्रीमानले विश्वास गरेनन् । मायाले यस्तो भनेको होला भन्ने सम्झिए । उनले म म र्छु भनेपछि विनोदले सम्झाएका भने थिए । कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् । परिवारका सदस्यले रोजिनाको बारेमा दिएको खबरले भने उनी साँच्चै झस्किए ।

 

उनीहरूको दुई परिवारबीच सम्धीभेटसमेत भएको थिएन । यसैले उनीहरूबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ । तर माइती पक्षले भने यो घटनालाई फरक तरिकाले हेरेको छ । नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीलाई अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।