बिहिबार , कार्तिक ४, २०७८

‘भगवान् थोरै त द’या गर’ सिद्धार्थ शुक्लाको नि’धनपछि कस्तो छ शेहनाजको अवस्था ?

भाद्र ३१, २०७८ बिहिबार 52

‘भगवान् थोरै त द’या गर’ सिद्धार्थ शुक्लाको नि’धनपछि कस्तो छ शेहनाजको अवस्था ?

एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको अ’सायमयिक नि’धनले बलिउड इन्ड्रस्टी नै स्त’ब्ध भयो। विशेषगरी टिभी अभिनेताका रुपमा छवि बनाएकf सिद्धार्थ बिग बोसको विजेता पनि थिए।

उनको नि’धनले सबै कलाकार, प्रशंसकहरु दुःखी भए। सबैभन्दा बढी पी’डा उनको परिवार र प्रेमिकामा परेको छ। उनकी प्रेमिका शे’हजान गिलको अवस्था हालसम्म पनि ना’जुक रहेको छ। उनी कोहीसँग नबोल्ने, खाना पनि नखाने अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

 

यसैबीच बिग बोस फेम अभिनव शुक्लाले सिद्धार्थको परिवार र शेहनाजसँग भेट गरेका छन्।

 

रुबीना दिलैकसँग सिद्धार्थको घर पुगेका उनले शेहनाज यो क’ठिन परिस्थितिको सामना गरिरहेकी बताएका छन्। ‘म आशा र कामना व्यक्त गर्दछु कि शेहनाज र सिद्धार्थको परिवारलाई श’क्ति मिलोस्।

 

मैले र रुबीनाले शेहनाजकी आमासँग भेट गरेका छौं। उनी आफैंलाई स’म्हाल्दैछिन्। म प्रार्थना गर्छु कि भगवान उनको पी’डालाई कम गरोस्,’ अभिनवले भने।

 

टाइम्स अफ इण्डियाले आफ्नो रिपोर्टमा सिडनाजको आउँदो डिसेम्बरमा बिहे तय भएको खुलासा गरेको छ । रिपोर्टका अनुसार यी दुईको इंगेजमेन्ट भइसकेको थियो र उनीहरु अब बिहेको तयारीमा थिए ।

उनीहरुले परिवारलाई यसबारे बताएका थिए र परिवारले बिहेको तयारी गरिरहेका थिए । मुम्बइको एक होटलमा कोठा, बेंक्वेट र अन्य सेवाको लागि कुरा पनि भइरहेको थियो ।

 

उनीहरुको बिहे ३ दिनको हुने थियो । सिद्धार्थ र शहनाजका साथै उनीहरुमा परिवार र आफन्तले यो कुरा निकै गोप्य राखेका थिए ।

 

यही बीचमा २ सेप्टेम्बरमा सिद्धार्थको निधनसँगै यी सपना अधुरै रहेका छन् । अब सिद्धार्थ र शहनाज कहिल्यै एउटै बन्धनमा बाँधिन पाउने छैनन् । यी दुईको जोडीलाई फ्यानले पनि निकै रुचाएका थिए ।