Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

दुई मन्त्रि निश्कासन गर्न प्रचण्डकाे निर्देशनन

काठमाडौं कार्तिक ८ गते । कर्णालि बिवादमा पार्टिकाे अन्तरद्वन्द फेरि छताछुल्ल भयकाे छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिनुभएको छ ।अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिनुभएको हो । प्रचण्डको निर्देशनअनुसार आज भोलि नै वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही आफू निकटलाई दिएका छन ।
कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट दल रावल र नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ । उहाँहरुलाई तत्काल हटाउन मुख्यमन्त्री शाहीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको हो । ‘ओलीलाई ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अव ओलीा दुवै जना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ,’ पार्टी बिभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै एक सांसदले भने ।ती सांसदका अनुसार मुख्यमन्त्री शाहीले अध्यक्ष प्रचण्डकै निर्देशनअनुसार आफूबिरुद्ध हस्ताक्षर नगरे पनि अध्यक्ष ओली निकट रहेको कारण प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी पूर्वमाओवादीलाई ल्याइएको हो । ‘सिएम कमरेडले ओलीलाई ढालेकोमा बधाइ दिनुभएको छ, अव मन्त्री बर्खास्त गरी निषेध गरिन्छ,’ मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै ती सांसदको भनाई थियो ।