मंगलबार , अषोज ५, २०७८

रोशी खोलाले बगाउँदा आठ वर्षीय बालकको मृ’त्यु.

भाद्र ३०, २०७८ बुधबार 21

रोशी खोलाले बगाउँदा आठ वर्षीय बालकको मृ’त्यु.

बनेपा, ३० भदौ- काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ ।

 

विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो । खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ । (रासस)

 

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरमा एम्बुलेन्सले ठ’क्कर दिँ’दा साइकल चालकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका –५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठ’क्क’र दिएको हो। अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठ,क्करबाट आज मृत्यु भएको छ ।

 

पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठ,क्कर दिएको थियो ।

 

एम्बुलेन्सको ठ,क्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताउनुभयो ।