मंगलबार , अषोज ५, २०७८

टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो )

भाद्र ३०, २०७८ बुधबार 30

टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो )

टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकीस्थित सेती नदिमा खसेर युवती बेपत्ता भएकी छिन् । वडा नं. ४ र ८ को सिमास्थित रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा वडा नं. ८ की १९ वर्षिय पवित्रा लम्साल खसेर बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी ज्ञान बहादुर खड्काले जानकारी दिए ।

 

 

 

३ जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । पक्की पुल र झलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको उनले जानकारी दिए । बेपत्ता पवित्राको केहिदिनअघि मात्र विवाह भएको बताइएको छ । साथी खसेपछि उनीहरु आत्तिएर माथि आएछन, प्रहरी निरिक्षक खड्काले भने, पछि वडा अध्यक्षले हामीलाई जानकारी गराएपछि घट्नाबारे थाहा भएको हो । उनका अनुसार दिउँसो २ बजे घट्नाबारे जानकारी आएको हो । जानकारी लगत्तै प्रहरीले सेती नदि छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरिक्षक खड्काले बताए । उनका अनुसार भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको छ ।

 

 

 

 

 

अर्को

 

 

निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचारवाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । सुदर्शनको इन्गेजमेन्टमा उनको नजिकको साथी पूजा शर्मा उपस्थित नहुँदा चलचित्र वृत्तदेखि दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । अब, सुदर्शन र पूजाविचको सहकार्य जारी रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे ।

पूजाले अगाडि भनिन्–‘भोली म पनि बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि म सुदर्शनलाई चलचित्रमा मलाई नै राख्नुहोस् भनेर भन्दिनँ । मैले पहिलेदेखि नै स्टोरीमा नमिलेको खण्डमा आफूलाई नराख्न सुदर्शनलाई आग्रह गरेको थिएँ । म यस्तो गीत गाउँछुमा मैले नै अर्की नायिकालाई अफर गरेको थिएँ । हाम्रो चलचित्रमा म नै हुनुपर्छ भन्ने छैन ।’

तर, नायिका पूजा शर्माले भने सुदर्शनले बिहे गर्दैमा एकसाथ कामै गर्दैनन् कि भनेर नसोच्न सबैसँग आग्रह गरेकी छिन् । पूजाले भनिन्–‘हामी नै सुदर्शन थापाको बिहे होस् भनेर चाहने व्यक्ति हो । उहाँको जीवन कसैको साथमा अगाडि बढोस् भनेर सोच्ने अनी बिहे गरेपछि मलाई चलचित्रमा नै लिदैन कि भनेर सोच्नु स्वार्थीपना हो । बिहे गर्दैमा टिमअप छुट्ने होइन ।’ सुदर्शन थापाले बिहे गर्दैमा एकसाथ कामै नगर्ने भन्ने हुन्छ र ? उनले प्रश्न गरेकी छिन्।