शुक्रबार , अषोज ८, २०७८

कञ्चनपुरमा एम्बुलेन्सले ठ’क्कर दिँदा साइकल यात्री ४५ वर्षीय कृष्णबहादुरको मृ’त्यु’

भाद्र ३०, २०७८ बुधबार 45

कञ्चनपुरमा एम्बुलेन्सले ठ’क्कर दिँदा साइकल यात्री ४५ वर्षीय कृष्णबहादुरको मृ’त्यु’

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरमा एम्बुलेन्सले ठ’क्कर दिँ’दा साइकल चालकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका –५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठ’क्क’र दिएको हो। अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठ,क्करबाट आज मृत्यु भएको छ ।

 

पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठ,क्कर दिएको थियो ।

 

एम्बुलेन्सको ठ,क्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताउनुभयो ।

 

एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक चलिसकेको छ ।