शुक्रबार , अषोज ८, २०७८

भाइरल १२ छोरिका बुवाआमा मिडियामा, अपुत्रो भन्दै समाजले हेला गरेको भनाइ (भिडियो हेर्नुस)

भाद्र ३०, २०७८ बुधबार 39

भाइरल १२ छोरिका बुवाआमा मिडियामा, अपुत्रो भन्दै समाजले हेला गरेको भनाइ (भिडियो हेर्नुस)

अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो । नेपाली महिलाहरुको चाड तिजको अवसर पारेर माइतिमा भेला भएका उनिहरुले `हामी एकै बाउका १२ बहिनी छोरिहरु´ भन्दै क्रमश एक नम्बर देखि १२ नम्बर सम्म भन्दै देखिएको भिडियो टिकटकमा भाइरल बनेको थियो । त्यसका बारेमा थुप्रैले टिप्पणी गरेका थिए । कतिपयले एउटै परिवारको नभएको पनि टिप्पणी गरेका थिए । तर उनिहरु एकै घरका दिदिबहिनी हुन ।

प्युठानको नौ बहिनी गाउपालिका ७, बास्कोट घर भएका सुमन्त सापकोटा र पुना सापकोटाका १२ बहिनी छोरिहरु मात्र रहेका छन । उनिहरुको दाजुभाइ भने छैनन । ८ जनाको बिबाह भै सकेका उनिहरु सबै प्युठान मै व्यापार गर्दै आएका छन । आफ्नो बुवा पनि ब्यापार नै गरेकाले आफुहरु पनि सबै त्यतै लागेको उनिहरु बतांउछन । ८ जना मध्ये कोहि मागी बिबाह गरेका त कोहि आफैले भागेर बिबाह गरेको बताए ।

 

छोरा भए पनि छोरी भए पनि भगवान दिएको आशीर्वाद भनेर आफू एकदम खुशी रहेको सुमन्त बताउँछन । गाउँ समाजबाट कोहि कसैले छोरा नभएको भन्दै विभिन्न कुरा काट्ने गरे आफुले वास्ता नगरेको उनले बताए । अहिले छोरिहरुले धेरै सहयोग गरेको उनले बताए । १२ जना छोरी हुँदा कहिलेकाही कतै आफुले समाल्न नसकेर कतै गलत बाटोमा हिड्ने हुन कि भन्ने चिंन्ताले भने त्यो बेला सताउने गरेको उनले सुनाए । तर जेठि छोरीले आफ्नो जिम्मेवारी राम्रो सगँ पूरा गरेर आफुलाई धेरै राहत भएको उनी सुनाउँछन ।

 

छोरी ज्वाईलाई कुनै फरक नछुट्टाएको र बिहे गर्दा अब तपाईं मेरो छोरा हो छोराको जिम्मेवारी पूरा गर्नु पर्छ भने बिहे गरिदिने गरेको र ज्वाइहरुले पनि त्यो जिम्मेवारी पूरा गरेको उनी बताउँछन । अहिले सबै बिहे गएर गएका छोरिहरुले आफुलाइ र बहिनिहरुलाई सहयोग गरेकोले घर चलाइरहेको उनले बताए । अब बाकी भएका ४ छोरिको पनि बिबाह गरिदिन पाए आफुलाई ढुक्क हुने उनी बताउँछन ।

 

यता छोरिहरु भने परिवारमा छोरा नै चाहिन्छ भन्ने मान्यता भएको समाजमा अहिले आफुहरु छोरा नभए पनि परिवारलाई खुशी राख्न सकिन उदाहरण भएको बताए । घरमा बुबालाइ छोरा नभएको भन्दै पहिले पहिले कतिपयले विभिन्न कुरा का*ट्ने गरेको सुन्दा न*राम्रो लाग्ने गरेको जेठी छोरिले बताइन । तर अहिले आफुहरुले विवाह नभएका बहिनिहरु र बुवा आमालाई कुनै कुराको कमि हुन नदिएको जेठी छोरी बताउँछिन ।

विभिन्न चाडपर्व हुदा सबै दिदिबहिनी सँगै भएर रमाइलो गर्ने गरेको भएकोले बाबा आमा भाग्यमानी भएको उनिहरु बताउछन । १२ बहिनी छोरिहरु भएको परिवार भए पनि आफुहरु मिलेर बसेको र कसै प्रती कसैको कुनै मनमु*टाव नभएको उनिहरु बताउँछन । अहिलेसम्म आफुले भनेको कुनै बहिनिले पनि कुरा नकाटेकोले पनि यसरी मिलेर बस्न सकेको जेठी छोरिले बताइन । त्यस्तै बहिनिहरु मात्र नभै ज्वाइहरु पनि उत्तिकै बुझ्ने भएको उनी बताउँछिन । (भिडियो हेर्नुस)