मंगलबार , अषोज ५, २०७८

के भयो उमालाई? माइत आइन् अनि यस्तो अवस्थामा भेटियो श,व

भाद्र २७, २०७८ आइतबार 19

के भयो उमालाई? माइत आइन् अनि यस्तो अवस्थामा भेटियो श,व

झापामा एक दुखद घटना भएको छ । त्यहाँको स्थानीय बिरिङ खोला किनारमा एक महिलाको शव भेटिएको छ । उनका छोराको पनि शव सोही खोला किनारमा भेटिएको छ । उनी मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक भएको खुलेको छ । साथमा उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।

उनले देह त्याग गरेको हो या घटना कसरी भयो भन्ने जानकारी आएको छैन । प्रहरीले यसबारे अनुसन्धान भै रहेको जनाएको छ भने स्थानीयहरुले अनेक अड्कल गरेपनि तथ्य बाहिर आएको भने छैन । प्रतीकात्मक तस्वीर