मंगलबार , अषोज ५, २०७८

अब विद्यार्थीले पढन घर बाट बाबा आमा संग पैसा माग्नु पर्दैन : जनार्दन शर्मा

भाद्र २६, २०७८ शनिबार 33

अब विद्यार्थीले पढन घर बाट बाबा आमा संग पैसा माग्नु पर्दैन : जनार्दन शर्मा

अब विद्यार्थीले पढन घर बाट बाबा आमा संग पैसा माग्नु पर्दैन : जनार्दन शर्मा

 

काठमाडौं-

 

सरकारले कक्षा १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गर्ने भएको छ । प्रतिस्थापन विधेयक बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।

 

शुक्रबार प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्लेख गरेको छ ।

 

 

सरकारका लोकप्रिय कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम ल्याईएको हो । उक्त कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गर्ने विधेयकका उल्लेख छ ।

 

विश्वविद्यालयहरुलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रको रुप्मा विकास गर्नुका साथै मुलुकको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनःनिर्माण गर्ने प्रबन्ध गरिने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।

 

साथै शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गर्ने पनि सरकारले घोषणा गरेको छ ।