Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियाका शक्तिपिठमा कतै प्रतिबन्ध कतै थामि नसक्नु भिड

बर्दिया कार्तिक ८ । काेराेना संक्रमणलाई मध्यनजर गरी जिल्ला स्थित भिडभाड हुने शक्तिपीठहरुमा पुजाआर्चना गर्न प्रतिबन्ध लगाईएको छ । प्रहरीले गुलरिया नगरपालिका वडा नं. ७ स्थित प्रसिद्ध बगलामूखी मन्दिर तथा कोटही माताको मन्दिरमा प्रहरी परिचालन गरी पुजाआर्चना गर्न रोक लगाएको हो ।

गुलरिया नगरपालिका वडा नं. ५ का सदस्य युव राज श्रेष्ठले श्रीमतीसँग मन्दिर पुजा गर्न जाँदा प्रहरीले पुजा गर्न नदिई फर्काएकोे र प्रशासन कार्यालयले गरेको ज्यादती अमान्य हुने बताएको भनेर फरक समाचारले छापेको छ।

भीडभाड हुने मन्दिरमा प्रहरी परिचालन गरी कोरोना संक्रमणको जाखिमलाई नियन्त्रण गर्न पूजा आर्चना गर्न रोक लगाएको प्रहरी उपरिक्षक केदार रजौरेले फरक समचारलाई जानकारी दिएका थिए।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले घटस्थापना देखि नवमीसम्मलाई विभिन्न शक्तिपीठ, मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा जमघट नहुन असोज ३० गते देखि निषेधाज्ञा जारी गरेको थियो । तर शक्तिपीठ, मन्दिरहरुमा मात्रै प्रहरी परिचालन गरी पुजाआर्चना गर्न रोक लगाइएको देखिएको छ। स्थापना गरेर दुर्गा भवानीको पण्डालमा जमघट भैराखेको दृश्यमा भने प्रहरी र प्रशासन दुबै मौन देखिएको एक स्थानीयको गुनासो छ।
गुलरियाका हरि यादव भन्छन् ,” मुर्ति स्थापना गरेर भिडभाड सहित पुजा हुनेमा प्रशासनको आँखा पुगेको छैन तर शक्तिपीठ र मन्दिरहरुमा प्रहरी नै राखिएको छ।
अर्का एक जना बर्दियाका स्थानीय भन्छन् , यदि भिडभाड हुने भएकाले शक्तिपीठ र मन्दिरहरु बन्द गरिएको हो भने मुर्ति स्थापना गरेर भिडभाड सहित पुजा हुने ठाउँमा प्रशासन र प्रहरीको अँखा कहिले पुग्ला?
देश नै अहिले कोरोना महामारीको अवस्थामा भैराखेको बेलमा यो त एउटाै जिल्लामा फरक नियम झै भएको छ।शक्तिपीठ र मन्दिरहरुमा प्रहरीनै परिचालन गरि सक्दा पनि मुर्ति स्थापना गरेर भिडाभाड सहित पुजा भइरहनुले स्थानीयलाई थप अचम्मित बनाएको छ ।