Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

मुम्बईकाेे अगाडि चेन्नईकाे लज्जास्पद हार

बर्दिया कार्तिक ८ । अहिले सञ्चालन भई रहेकाे इण्डिय प्रिमियर लिग (आईपीएल)को शुक्रबारकाे खेलमा मुम्बई इन्डियन्स बिजयी हासिल गरेकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै मुम्बईले जित हासिल गरेकाे हो । आईपीएल लिगको ४१ औं खेल अन्तर्गत भएको आजको खेलमा बिजयी भएको मुम्बईले आफूलाई अंक तालिकाको शिर्ष स्थानमा पनि पुर्याएको छ ।
टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाउन सफल भएको थियो । चेन्नईका ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिएका थिए । त्यस्तै इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । त्यसपछि मुम्बाईले जितको लागि १ सय १५ रनको लक्ष्य पाएको थियो ।

जसलाई मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सजिलोसँग पूरा गरेको थियो । उसकालागि जितमा ईशान किशनले ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहेका थिए । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे । नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरे ।

अहिलेसम्मको खेलमा मुम्बईले १० खेलमा ७ मा खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ । उसको जम्मा अंक १४ पुगेको छ । उ नेटरन रेटको आधारमा शीर्षस्थानमा पुगेको छ । त्यस्तै उततीनै अंक बनाएको मुम्बई नेटरन रेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्सले १० खेलमा ७ मा जित निकालेको छ भने उसले ३ मा हार बेहोर्दा तेस्रो स्थानमा छ ।