Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

मन्दिर प्रवेशमा राेक लगाय पछि सर्वसाधारणकाे समाजिक सञ्जालमा अाक्राेस

आज दशमिकाे साताै दिन बिधि बिधान अनुसार फुलपाति भित्राउने दिन बिहनै देखि मठ मन्दिरहरूमा दर्शनार्थिकाे भिड हुने गरेकाे देखिन्छ । शुक्रबार बिहान ५ बजे धार्मिक पर्यटक स्थल काेटहि मन्दिरमा प्रहरि तैनाथ गरि मन्दिर प्रवेशमा राेक लगाईएकाे समाचार प्रकासन गरेका थियाै त्यसमा कसकसले कसरि बिचार राख्नु भयाे त्यसकाे जस्ताकाे त्यसतै हेर्नुहाेस उहाहरूकाे बिचार

 

आज मथ मन्दीर मा भक्त जन लाई रोक लागउनू तेती सान्दर्बिक लगेन सबै सचेत छन् र सरकार र स्सोकर निकाय अफ्नो अनुकुल ले जन भाबना र आस्था बिपरित शोस्था सम्बंदि बिस्लेशंड़ गर्दै छन् जहाज, गाडी महल, पसल बैंक मा नलागेको रोग कसरि परिबरिक मन्दीर दर्सन मा लाग्छ?? हामी र मन्दीर समिती समेत सचेत र निग रानी मा छौ समयम मा बिना सुझ बुज को निर्णय र अडेस मा पुनर्बिचार होस जना भाबन र आस्था को कदर होस -।
भेषराज पाैडेल (अध्यक्ष ) निर्माण ब्यवसायि संघ बर्दिया


हिन्दुहरुको ठुलो पर्व का रुपमा लिइने बडा दशै आज सप्तमिको दिन कोटही मन्दिर प्रबेशमा रोक लगाउने जो कोहि ठालु प्रती घोर आपत्ती र खेद ब्यक्त गर्दछु ! बिहे र भोज मा हजारौ ब्यक्तिको जमघट हुने भोज मा नेता देखि पुलिस प्रशासन का मुख्य जिम्मेवारहरु को सहभागिता मा बाक्लोउपस्थिति हुन सक्ने तर धार्मिक आस्था प्रती बन्देज लगाउन कम्मर कसने हिन्दु धर्मको बिरोधी हो ! सार्वजनिक यातायात र हवाइ जहाज मा यात्रा गर्दा होस या बिहे भोज मा कोरोना भाग्ने अनि मन्दिर मा पुजा गर्दा कोरोना लाग्ने हो र ?
युवराज श्रेष्ट ( सदस्य) ५ नं. वडा कार्यालय गुलरिया

मन्दिर प्रवेशमा राेक लगाउनु भन्दा, सम्बन्धित पक्षकाे सहकार्यमा गेटमा नै स्वयंसेवकहरू खटाएर एक पटकमा २ जनासम्मलाई सामाजिक दुरी कायम गराई दर्शनको व्यवस्था गरे राम्रो हाेला ।
चन्दा लामिछाने काठमाण्डाै


डन्डुराम सरकार, हिन्दू धर्मलाई अाेझेलमा पार्न सरकारले खाेजेकाे छ, मस्जिद , गिरिजाघर खुल्न हुने, सरकारले राजश्व उठाउन काे लागि हजारौंको भिड गराउने, बर्षाै देखि चलिरहेको मन्दिर बन्द गराउने । जागाै अब हामी यश कदमकाे बिरुद्ध मा अावाज उठाआै।
राजुराज ज्ञवाली ब्यापारि गुलरिया

मन्दिर मात्र किन target गर्छ रजस्व लिनलाई कुम्भ मेला चलाउछ सरकार मन्दिरमा ताला लगाउछ ।
प्रजेश ठकुराठि स्थानिय


हिन्दु धर्म माथी नै प्रहार गर्न सजिलो मानेका छन।हामी धर्मको लागि नबोलेको कारण यस्तो हुँदै गइरहेको छ।अब सबै जना आ आफ्नो ठाउँबाट धर्म रक्षाको लागि आवाज उठाउन जरुरी छ।
सन्दिप कर्ण शिक्षक

mandir ma mattra rok layera hunna hajur bazar ma manchhe ko vid pani bebasthit hunu paryo jun pasal ma pani maxe ko vid vairako hunchha dherai ta luga pasal ma

सिर्जना गुरूङ स्थानिय