शुक्रबार , अषोज ८, २०७८

माधव नेपाल नयाँ पार्टी खोल्ने त’ यारीमा, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह? हेर्नुहोस

भाद्र २, २०७८ बुधबार 45

माधव नेपाल नयाँ पार्टी खोल्ने त’ यारीमा, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह? हेर्नुहोस

काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी दर्ता गर्ने तयारी गरेका छन् । नयाँ दर्ता हुने पार्टीको नाम, चुनाव चिन्हलगायतका विषय पनि टु’ ङ्गो लगाइसकिएको नेपाल निकट एक सदस्यले बताए ।

ती नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) पछि अन्य विकल्पमा नेकपा एमाले क्रान्तिकारी, नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा(एकीकृत) लगायत नामहरूमा पनि छलफल भइरहेको छ तर नेकपा एमाले नै राख्ने भनेर अन्तिम टुङ्गो लागिसकेको छ ।

नेपाल पक्षका नेताहरूले चुनाव चिन्ह भने सूर्य नै रहने बताएका छन् ।मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका १४ सांसदलाई का’ रबाहीका लागि सिफारिस गरिसकेका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउनका लागि सहज हुने गरी अध्यादेश सं’ शोधन गरी राष्ट्रपति समक्ष सिफारिस गरिसेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल पक्षले दल दर्ता गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पार्टी फुटाउने अध्यादेश ल्याएसँगै प्रधानमन्त्रीको चौतर्फी वि’ रोध भइरहेको छ ।