शुक्रबार , अषोज ८, २०७८

बाईकमा लिफ्ट माग्ने उनी ; एक रहस्यमय यात्रा

साउन १९, २०७८ मंगलबार 42

बाईकमा लिफ्ट माग्ने उनी ; एक रहस्यमय यात्रा

मलाइ बिहानै १०/११ बजे नै बुटवल पुग्नु थियो, बिहानै साढे ४ बजे तिर हतारमा उठियो, मम्मिलाइ नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किन कि कोरोनाको समय छ, सबै ठाउमा खाना नास्ता खाने जस्तो माहोल छैन, फ्रेस भए मम्मिले पकाउनु भएको नास्ता खाए, झोला तयार पारे यति गरुन्जेल ५:४५ बजिसकेको थियो, मम्मिलाइ हतारमा ल अब हिडे भनेर बाइक निकाले एउटा काधमा झोला भिरे, बाइक स्टार्ट गरे घरको गेट बाट बाहिर निस्किए ।

घर बाट हिडेको केहीबेरामा खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो, सधै जसो म साढे ६ मा उठ्ने गर्थे तर आज म बाटोमा पुगिसकेको थिए, एक छिन रोकेर अलार्म बन्द गरे । अगाडी बढ्दै जाँदा नेपालगनज देखि अलि अगाडी स्याउले बजार भन्ने ठाउँ छ, एक जना खेगेन्द्र दाइ बिहानै साइक्लिङ गर्दै थिए, दाइ नमस्ते भन्दै बाइक अलि स्लो गरे, दाइले भन्नू भो ओ हो भाइ तिम्रो उठ्ने समय भैसक्या हो ?? हास्दै भने परिस्थिति दाइ समय समयको खेल, कहिले ७/८ बजे सम्म सुतिन्छ कहिले ५ बजे हिडिन्छ, छर्लङ्ग उज्यालो भैसकेको थियो मलाइ बुटवल पुग्नु थियो समयमै, दाइ म लागे है ढिला हुन्छ भनेर अगाडी बढे, कोहल्पुर चपरगौडि को पुलमा पनि मर्निङ वाक गर्नेहरु हिडिरहेका थिए, बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गए चपरगौडि, ढकेरी हुँदै सम्सेरगन्ज पुगे । गाडीहरु नि खासै चलेका थिएनन, सडक खाली नै थियो मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अबरोध गर्ने जस्तो अवस्था थिएन ।

सम्सेरगन्जको थोरै अगाडि एक जना युवतीले हात दिएर बाइक रोक्ने इसारा गरिन । म दोधारमा परे बाइक रोक्ने कि नरोक्ने भनेर, जब नजिक पुगे मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन, एक सुन्दर युवतीमा कति सम्म आकर्षण हुन्छ भन्ने कुरा त्यो बेला बुझे जब मैले नचाहदा नचाहदै मेरो बाइकको ब्रेक आफै लागेको थियो ।

गुलावी ओठ, खुइरो अँखा, ५.४ फिट जति हाइट, सिल्की कपाल, हेर्दै आकर्षक जिउडाल, धेरैमा ५ सेकेन्ड भित्र मैले सबै यी कुरा हेरेर भ्याइसकेको थिए । अनि मुसुक्क हाँस्दै सोधे हजुर भन्नुस, उनले उत्तर फर्काइन कता सम्म जानू हुन्छ मलाइ लग्दिनु हुन्छ ?

आफुलाई त के खोज्छस काना अँखा भने जस्तै भयो, मेरो बाइकले नि हुन्छ भने जस्तै लाग्यो, एक सिट खाली छ लग्दिउ न भने भने जस्तै लाग्यो, बोक्ने त बाइक हो बाइकले नै हुन्छ भने पछि मेरो के लाग्यो र हुन्छ भने मैले नि आवाज निकाल्दै । उनले फेरि सोधिन कति टाढा सम्म भनेर मैले बुटवल भने, उनले खुसी हुँदै भनिन ए हो र ?

अनि मैले सोधे तपाईं का सम्म जाने , उनले उत्तर फर्काइन तपाईं जा सम्म लग्दिनु हुन्छ त्यहीँसम्म तर जाने त म नि बुटवल सम्मै हो, ए हो र ल बस्नुस म नि त्यहाँसम्म जाने हो, उनले फेरि सोधिन कसरी बसौ, तपाइलाई जसरी सजिलो हुन्छ त्यसरी नै बस्नुस, अनि हामी अगाडी बढ्यौं ।

अब बाइकको रफ्तार पहिले जस्तो रहेन, स्पिड चलाउदा उनको कपाल उडेर बिग्रीन्छ कि भनेर बिस्तारै चलाउदै थिए । कुरा गरे नि मजाले सुनिन्छ भन्ने तरिकाले चलाउँदै थिए, आफुले केही सोध्न सकेन, उनले केही सोधुन भन्ने चाहाना थियो, निकै अगाडि पुगिसक्दा पनि हामी दुवैबीच कसैबाट एक वाक्य पनि निस्किएन ।

बाटो तेस्तै त हो खाडलहरु आए ब्रेक लगाउनु पर्‍यो बाइक अझै स्लो भयो, उन्ले अनि बोल्न सुरु गरिन यो देशको बाटो कहिलै राम्रो नहुने भयो है सर भनेर, अ सधै यस्तै हो भने मैले नि । कुराकानीलाई अगाडी बढाउँदै मैले प्रश्न गरे, तपाई के गर्नु हुन्छ ? उनले भनिन म बैंकमा जब गर्छु , बुटवल मै पढेकी हुँ, उतै जब गर्छु अस्ति शुक्रबार घर आएकी थिए, अब फर्किदै आफ्नो काममा, अनि तुरुन्त मलाइ प्रस्न गरिन तपाईं के गर्नु हुन्छ ?

मैले नि रमाइलो पारामा भनिहाले राम्री बैंकका केटीलाई लिफ्ट दिने काम गर्छु कहिले यता कहिले उता, मेरो कुरा सुनेर खुब खुलेर हाँसिन उनि, उनको त्यो हाँशोको अनुहार हेर्न साइड मिरर मिलाए । क्लियर नदेखिए नि अलि अलि देखिएकै थियो , उनले भनिन खुब हसाउनु भो, अनि मैले भने हास्नुस मजाले स्वास्थको लागि फाइदा नै हुन्छ । अनि मैले फेरि सोधे कति बर्ष भो तपाईं बुटवल बस्न लाको भनेर,
४ वर्ष भैसक्यो भनिन, कुरा गर्दै अगाडि बढ्दै थियौं हामी आफ्नै गतिमा …

एक छिन मौन भएपछि बाइकको स्पिड अलिक बढ्यो , जिरो हुदै अगैया पुगियो, अगैया अलि बाइक स्लो भयो अलि भिडभाड भएकै कारण उनले प्रश्न गरिन् , नास्ता खाने कि , मैले भने लमहीमा खानु पर्छ।

उनले हुन्छ भनिन् अनि अगाडी बढ्यौं, मनमा कुराहरु खेल्न थाले अब लमहि पुगे पछि त फेस टु फेस कुरा हुन्छ, फेरी सोचे यति राम्री केटीको पक्का पनि बोइफ्रेन्ड होला, अब सुरुकै भेटमा सोध्नु नि भएन, नम्बर नि माग्नु भएन, फेसबुकमा नि नाम के पो छ, अनि आफै देखि आफैलाई प्रस्न गरे उनले त केवल लिफ्ट मागेकी हुन, फेरि यो सबै कुरा मलाइ किन चाहियो, बुटवल पुगे पछि उनी आफ्नो बाटो म आफ्नो बाटो किन सबै सोध्नु पर्‍यो, ह्या केही सोध्दैन अब भनेर म ढुक्क भाको थिए ।

लमहि पुगे, नास्ता खाउ अब रोक्नुस थाक्नु नि भयो होला उनले भनिन, मैले हुन्छ भने रोकिए, नास्ता खाने एक पसल भित्र गए, फ्रेस भएर बसे, बाइकको हावाले होला उनको कपाल बिग्रीसकेको थियो, गाजल अलि अलि बगेको थियो बाइकको हावा लागेर आँसु आएर होला, मैले हास्दै भने अनि गाजल र कपाल त उडिसकेछ त, अनि उन्ले हास्दै रोक्नुस म मुख धोएर आउछु भनिन, मुख धोएर आइन, अनि मौकामा जिस्काइहाले मेकअप भन्दा बिना मेकअपमा राम्री देखिनु हुने रैछ के, उन्ले हास्दै भनिन न हसाउनु न ।
उनले फेरि सोधिन तपाईं के गर्नु हुन्छ, मैले नि यहि मौकामा भनिहाले बैंकका राम्री केटीहरुरलाई फ्लर्ट गर्दै बस्छु, उनले हाँस्दै भनिन लास्टै कमेडी मान्छे हुनुहुदो रैछ, यस्तो हसाउने मान्छे पाउने वाला तपाइको वाइफ लास्टै भाग्यमानी हुन्छिन् होला । मैले नि मौकामा चौका मारिहाले, आज सम्म त्यो भाग्यमानी भेट्टिएकै छैनन, त्यो भाग्यमानीको भ्याकेन्सी खाली नै छ, अब मैले नि था त पाउनु पर्‍यो कि उनको बोइफ्रेन्ड छ कि नै भनेर, तपाईं जस्ती राम्री पाउने तपाइको बोइफ्रेन्ड पनि त भाग्यमानी नै हुन नि, अनि उनले हास्दै भनिन नहसाउनुस न सिधा सोध्नुस न मेरो बोइफ्रेन्ड छैन, ढुक्क भए हुन्छ, अनि मैले भने बोइफ्रेन्ड तपाइको छैन म कसरी ढुक्क हुने, अनि उनले फेरि भनिन भयो तपाईंलाई जित्न सकिन्न ।

मैले भनिहाले फेरि बोलेर त म जति कोहि सक्दैन, बोलेर म सङ्ग जित्ने केटि खोज्दैछु, उनले फेरि हास्दै भनिन सक्न त म सक्थे तर अहिले ट्राइ गर्न मन छैन, मैले नि मौकामा भनिहाले समयमै ट्राइ गरिहाल्नुस क्यारे अहिले भ्याकेन्सी नि खाली छ, उनले मेरो प्रस्नको उत्तर केही नदिएर हिन्नु अब भनिन, पैसा तिर्ने समय आयो मैले पैसा तिर्दैथे मलाइ पैसा तिर्न दिनु भएन, पछि कुनै दिन तपाइलाई मौका दिन्छु भन्दै आफै तिरिन, अनि एक पुलको बिचमा पुगेको थिएउँ, बाइक रोक्न भनिन अनि गाडिमा यता उता गर्दा फोटो खिच्नै मिल्दैन एक दुई फोटो खिचेर जाउ न है भनिन अनि उनले आफ्नो मोबाइल बाट मेरो फोटो खिचिन अनि मैले मेरो मोबाइल बाट उनको, फोटो पछि म्यासेन्जरमा हाल्दिनु होला भनिन मैले हुन्छ भने ।

अब आर्मिको चेक पोस्ट आयो, मैले बाइक रोके, इन्ट्री गराएर आए, बाइक म चलाउ भनिन, मैले हास्दै भने भयो मलाइ मर्नु छैन, बाइक आफै चलाए उनी पछाडि नै बसिन, अनि उनले फेरि भनिन कस्तो कास्ट के तपाइको मैनाली मैले पहिलो पटक सुनेको । मैले नि भने मेरो नामको पछाडि त राम्रै देख्या छ तपाइको नामको पछाडि ट्राइ गर्नुस न कस्तो देखिने रैछ ।

निकुञ्जको बाटो स्पिड लिमिट ४० भन्दा माथी चलाउन नमिल्ने, उनले अब सबै कुरा खुलेर गर्न थालिन सबै घरपरिवारको बारेमा भनिन उनले मेरो बारेमा सोध्थिन अनि म केही न केही बाहाना उनलाइ घुमाइहाल्थे, उनलाइ मेरो बारेमा यति मात्र था थियो कि म सुमन अनि बुटवल जादैछु, उनले लगभग त्यो निकुञ्जको बाटो मा सबै भनिसकेकि थिइन, भालुवाङ पुगियो, अर्को चेकपोस्ट सुरु भयो , पुलहरुमा बिस्तारै हिनेउ, उनका सबै गफगाफ सुन्दै थिए, तेस्पछी त यस्तो लाग्दैथ्यो एक रेडियो बोल्दैछ म सुन्दैछु, उनी सबै आफ्नै कुरा सुनाउनमा ब्यस्थ थिइन अनि कुनै कुनै बेला मलाई सोध्दैथिइन कि तपाईंलाइ मेरो कुरा दिक्क लाको त छैन, नाइ रमाइलो लाग्दैछ भनेर सुन्दैथे, चन्द्रौटा पुगे, अनि समान्य कुरा गर्दै हामी रामनगर पुगेउँ, अनि वुटवल पुगेउ ।

उनले गोलपार्क झर्ने कुरा गरिन, गोलपार्क पुगियो, उत्रेर सबै भन्दा पहिले मेरो नम्बर मागिन मैले उनको फेसबुक एकाउन्ट मागे नाम मै छ अर्चना साही भनिन अनि उन्ले फेरि सोधिन प्लिज भन्नू न तपाईं के गर्नुहुन्छ ? अनि मैले अब धेरै घुमाउन मन लागेन सिधै उत्तर दिए म मिडिया हाउसमा काम गर्छु , उनले लामो सोरमा भनिन ओ …… मिडियामा काम गर्नेहरु यति गफाडी हुन्छन है, के गर्नुहुन्छ को उत्तर दिन पुरै ३ घण्टा लगाउनु भो, बैंकका नि का कम हुन्छन र भने एक छिन हासेउ, उनि अटोमा बसिन ल है बाइ भन्दै छुट्टिएर गइन, म नि आफ्नो बाटो लागे ।

म नि रुममा पुगे, नुहाएर फ्रेस भएर अब मोबाइल चलाउनु पर्‍यो भनेर मोबाइल चलाउन सुरु गरे, सुरुमै मेरो काम फेसबुकमा उनलाइ खोज्नु थियो, नाम टाइप गरेर सर्च गरे,माथी माथि Id भेट्नै सकिन , , अलि तल सार्दै गए करिब 20 मिनेटको मिहिनत पछि उसको Id भेटे। लिभ इन वुटवल, रिलेशनसिप स्टाटस् सिंगल, खुसी हुँदै तल स्क्रोल गरे, तब मेरो होस उड्यो

लेखिएको थियो Remembering Archana shahi
we hope that people who love Archana will find comfort in visiting her profile to remember and celebrate her life.

 

मनमा चिसो पस्यो , किनकी कुनै पनि फेसबुक प्रयोगकर्ताको मृत्युको केही महिना पछि मात्रै एकाउन्टमा यस्तो लेखेर आउने गर्छ ।
अब मैले मन भरीको डर सहित Go to Timiline गरे 2021सम्म उनलाई अलि अलि Tag भाको पोस्ट देखे , कुनै पोस्ट थिए साथी आज तेरो याद आयो , उनको वुवाले होला सायद छोरी फर्की आउ न लेखेको पोस्ट देखे ।।
अलि तल सार्दै गए 2019 may 4 मा उसलाई tag भएर १००औ पोस्ट भएका रहेछन । हार्दिक श्रद्धाञ्जलीको
मैले हतार हतार मोबाइल माथी बाट स्क्रोल गरेर मिति हेरे थियो 2022 may 4 होस उड्यो ..
तल हेर्दै गए
२०१९ फेब्रुअरी ३ मा ५ वटा अर्चनाका तस्विर upload भएका रहेछन।

तस्विर हेर्दै गर्दा मलाई विश्वास गर्न कठिन भै रहेको थियो।
आफ्नो मोबाईलको Gallery खोले अनि Confirm गरे । तस्वीर उहीँ थियो ५ वटा जुन मैले आज 2022 May 4 मा पुल मा खिचिदिएको थिए तर सबै त्यही तस्बिर उसको एकाउन्टमा 2019 february 3 मै uploaded छन् , हात काम्यो मन आतियो यो सब कसरी भनेर …………..बाकी भाग २ माा

-सुमन मैनाली