मंगलबार , अषोज ५, २०७८

एक्कासी के भयो देउवालाई? आँखाभरि आँसु लिएर रूँदै यस्तो भने, सांसद भवनमा मच्चियो हं’ गामा

साउन १५, २०७८ शुक्रबार 43

एक्कासी के भयो देउवालाई? आँखाभरि आँसु लिएर रूँदै यस्तो भने, सांसद भवनमा मच्चियो हं’ गामा

प्रधानमन्त्री शेरबहादुर देउवा अब प्रधानमन्त्री रहन्छन् की रहन्नन् भन्ने कुराको फैसला आजै हुने भएको छ ।

देउवाले संसदमा आइतवार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिन सकेमात्र प्रधानमन्त्रीका रुपमा आगामी निर्वाचन सम्म कार्यकाल रहने छ । अन्यथा फेरी संसद विघटन भएर मुलुक निर्वाचनमा जाने सम्भावना छ ।

 

 

 

 

 

 

 

 

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।

 

देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न फैसला सुनाएको भएपनि पुरा कार्यकाल प्रधानमन्त्री रहन उनले संसदवाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

 

 

 

 

 

 

प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएपनि देउवाले पुनस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् । देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ ।

प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ ।

 

 

 

 

 

 

यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।

देउवाले विश्वासको मत लिनै लागेको बेलामा नेकपा एमालेको माधव कुमार नेपाल पक्षले के निर्णय गर्छ भन्ने सबैको चासोको विषय छ ।

उनको पार्टी नेकपा एमालेले विश्वासको मत नदिने र विपक्षमा बस्ने औपचारीक निर्णय गरिसकेको छ । देउवा नेपालकै सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।