शुक्रबार , अषोज ८, २०७८

को’ रोना सं’ क्रमण बढेपछि पुन यति गतेबाट कडा लकडाउन हुने सरकारको घोषणा

साउन १५, २०७८ शुक्रबार 26

को’ रोना सं’ क्रमण बढेपछि पुन यति गतेबाट कडा लकडाउन हुने सरकारको घोषणा

काठमाडौं

साउन

रुपन्देही । को’ रोना सं’ क्रमण बढेपछि अर्घाखाँचीमा पुनः दुई साता लकडाउन हुने भएको छ ।

दोस्रो चरणको संक्रमण दर उकालो लागेपछि बैशाख २० गतेबाट शुरु भएको लकडाउन असार १४ गतेसम्म कायम थियो ।

एक महिनापछि जिल्लामा पुन लकडाउन गर्नुपरेको हो ।प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको

सर्वपक्षीय बैठकले साउन १६ गते राती १२ बजेदेखि लागू हुने गरी साउन ३० गतेसम्म जिल्लालाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्नेसमेत बैठकको निर्णय छ ।लकडाउन अवधिमा सरकारी तथा गैरसरकारी, बैंक

तथा बित्तीय संस्था सार्बजनिक तथा निजी यातायातका साधन पूर्णरुपमा बन्द रहने छन् ।

खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजेसम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।

सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जो’खिम क्षेत्रमा राखेको छ ।

निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमण दर बढ्दै गएको हो ।

बिहीबार सन्धिखर्क गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालीकामा ३ जनामा

को’रोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो सँगै जिल्लामा को’रोना संक्रमितको संख्या ३२ सय ५१ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालिकाहरुमा ५ सय ४४ जना सक्रिय संक्रमित आ’इसोलेशनमा रहेका छन् ।

जसमा सन्धिखर्क नगरपालिकामा २३० जना, भूमिकास्थान नगरपालिकामा १०२ जना,

शितगंगा नगरपालिकामा २९ जना, मा’लारानी गाउँपालिकामा ५६ जना, पाणिनि गाउँपालिकामा ५८ जना र छत्रदेव

गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् ।को’रोना संक्रमणका कारण हालसम्म ७१ जनाको ज्यान गएको छ ।

यस्तै जिल्लामा अहिलेसम्म २६ सय ९७ जनाले को’रोनालाई जितेका छन् ।