शुक्रबार , अषोज ८, २०७८

यी १० जिल्लामा सं’ क्रमण तिव्र रुपमा बढ्दै, सरकारले दियो यस्तो चे’ तावनी

साउन १४, २०७८ बिहिबार 63

यी १० जिल्लामा सं’ क्रमण तिव्र रुपमा बढ्दै, सरकारले दियो यस्तो चे’ तावनी

 

 

 

 

 

काठमाडौं

 

११ साउन ।

सरकारले भाइरस सं’ क्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं’ क्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आ’ग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । सभा सम्मेलनसमेत शुरू हुन थालेका छन् । विगत १ हप्तायता सं’ क्रमित हुने दर बढ्दो क्रममा रहेको छ ।

 

 

 

 

 

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका सं’ क्रमितको संख्या ५०० भन्दा बढी पुगेको छ ।

 

 

 

 

२०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राख्न आग्रह गरिएको छ ।

 

 

 

 

 

दैनिक २ हजार ५३१ जना सं’ क्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो १ हप्तालाई आधार मान्दा दैनिक २ हजार ५३१ सं’ क्रमित थपिने गरेका हुन् । १ हप्ताको अवधिमा १७ हजार ७१७ सं’ क्रमित थपिएका हुन् ।

गत शुक्रवार २ हजार ९३६, शनिवार १ हजार ८७५, आइतवार १ हजार ८०१, सोमवार २ हजार ४४५, मंगलवार ३ हजार १०८, बुधवार २ हजार ८३८ सं’ क्रमित थपिएका छन् । बिहीवार देशभर थप २ हजार ७१४ जनामा कोरोना सं’ क्रमण पुष्टि भएको छ ।