Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

१२ लाख भारतिय रूपैया बरामद

कर्तिक ७ । जिल्ला प्रहरि कार्यालय बाराले अवैध रकम बरामद गरेकाे छ ।बरामद गरिएकाे रकम सडकमा फालेकाे झाेलामा भेटियकाे र उक्त रकम विदेशी विनिमय अपचलन (हुन्डी) कारोबारीले छाडेको हुनसक्ने प्रहरिले जनयकाे छ । बरमद रकम १२ लाख ३४ हजार बढी रुपैयाँ रहेकाे बारा प्रहरीले जनायकाे छ ।रकम बोक्दै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि झाेला फालेर फरार भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला सडकमा फालेर फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरको नोट गरी नेपाली रुपैयाँ १२ लाख ३४ हजार ५ सय ९५ फेला परेको हो ।बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।