मंगलबार , अषोज ५, २०७८

माधव नेपालले अन्तिममा दिए धोका! बैठकमा यस्तो सुनेर देउवा परे छक्क

साउन १३, २०७८ बुधबार 86

माधव नेपालले अन्तिममा दिए धोका! बैठकमा यस्तो सुनेर देउवा परे छक्क

 

काठमाडौ ।

नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी नहुने कुरा दोहोर्याएको छ । एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् ।

मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

 

 

 

 

 

 

 

 

 

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट गठबन्धन बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्दा उनले त्यस्तो जवाफ दिएका हुन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।

 

 

 

 

 

 

 

 

 

प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएकै बेला यस्तो अप्रत्याशित भनाई आएको हो ।

त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको थियो । नेपाल पक्षले संविधान जोगाउन मात्र आफुहरुले देउवालाई साथ दिएको बताएका छन् ।

एकताको पहल चलिरहेकाले नैतिक रुपमा पनि आफुहरु सरकारमा सहभागी हुन नमिल्ने नेपाल पक्षका नेताको भनाई छ । नेपाल पक्षले गठबन्धनलाई भन्यो, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।