शुक्रबार , अषोज ८, २०७८

छाडे माधवले एमाले ,नयाँ पार्टी खोल्ने घोषणा, यस्तो छ पार्टीको नामावली? हेर्नुहोस्

साउन १२, २०७८ मंगलबार 84

छाडे माधवले एमाले ,नयाँ पार्टी खोल्ने घोषणा, यस्तो छ पार्टीको नामावली? हेर्नुहोस्

 

 

 

 

 

 

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा देखिएको विवाद कुनै पदीय लोभको लागि नभएको प्रष्ट पार्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र स्वोच्छाचारी प्रवृत्तीका कारण पार्टी भित्र संकट गहिरिएको बताउँदै वरिष्ठ नेता नेपालले ओली नसच्चिदासम्म संघर्ष जारी हुने बताउनुभयो ।

अखिल नेपाल किसान महासंघले राखेको भर्चुअल कार्यक्रममा सोमबार मन्तव्य राख्दै नेता नेपालले पछिल्लो समय आफुलाई दोस्रो अध्यक्ष दिएर भएपनि पार्टी मिलाउने कोशिस गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

 

 

 

 

 

 

 

 

आफुले कुनै पद र प्रतिष्ठाका लागि संघर्ष नगरेको भन्दै दोस्रो अध्यक्ष आफु नबन्ने घोषणा गर्नुभयो ।

‘मलाई दोस्रो अध्यक्ष दिने भनेर छलफल चल्न थालेको छ ।

म पदको लागि जे पनि गर्ने व्यक्ति होइन् ।

यदि दोस्रो अध्यक्ष बन्दा वित्तिकै माधव नेपाल पदको लागि जसो पनि गर्छ भन्ने प्रचार गरिनेछ, नेता नेपालले भन्नुभयो, ‘म दोस्रो अध्यक्ष बन्न तयार छैन् ।

 

 

 

 

 

 

बरु तपाईहरु बीचबाट कोही अध्यक्ष बन्नुस मेरो सहयोग रहन्छ भनेर स्थायी कमिटीका कमरेडहरुलाई भनेको छु ।’

पछिल्लो समय ओली समूहबाट नेता नेपाललाई अध्यक्ष दिएर भएपनि पार्टी मिलाउनुपर्ने आवाज उठेको छ ।

१० सदस्यिय कार्यदलबाट पनि माधव नेपाललाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने प्रस्ताव आएको छ ।

दुई तिहाईको कम्युनिष्ट पार्टीको जनमत समाप्त पार्ने ओलीसंग कुनै पनि पदमा सम्झौता नहुने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी एकता विरोधी आफु नभएको भन्दै ओलीका कुरामा त्यत्तिकै सहमति गर्न नसकिने बताउनुभयो ।

आजसम्म ओलीले गरेका गल्तिको गहिरो समिक्षा गर्न जरुरी भएको भन्दै उहाँले अबको एक हप्ता भित्र पार्टी भित्रको विवाद वार कि पार हुने प्रष्ट पार्नुभयो ।

 

 

 

 

 

२ सय बढी नेता कार्यकर्ता माझ बोल्दै पार्टीलाई क्रान्तिकारी बनाउने गरी मैदानमा खट्न उहाँले निर्देशन दिनुभयो ।

दोस्रो तहका नेता कार्यकर्ता प्रति इंकित गर्दै नेता नेपालले देब्रे र दाहिने हात नभए पनि मुटुसहितको दुई खुट्टाको सहायतामा बाच्न सकिने बताउनुभयो ।

आफुलाई तेस्रो तहका नेतासहित देशभरका लाखौं कार्यकर्ताको साथ रहेको बताउनुभयो ।

आफु सधै सत्यका पछि लाग्ने भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले नै देशको मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।