Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा भेरि ग्यासकाे सिलिण्डर बिस्फाेट

ज्याेति पन्थि                                                                  बर्दिया बढैयाताल कार्तिक ७ ।  स्थित बढैयाताल गाउँपालिका वडा नं ९ कान्तिपुरमा सिलिन्डर ग्यास वि’स्फोट भएको छ । वि’स्फोटमा घर भित्र रहेको अधिकांश सर सामानहरू नष्ट भएको जानकारी प्राप्त भएको छ । घर परिवारका सदस्य अनुसार ग्यास लिक भएको थाहा भए पछि नयाँ रेगुलेटर बजार बाट लगिएको थियो । लगिएको नयाँ रेगुलेटर परीक्षण गर्नका निम्ति रेगुलेटर खोल्ने बितिक्कै नै ग्यासमा आगोले समातेको थियो।

ग्यासले आगोलाई समातिसकेपछि घर भित्रै रहेको चार सन्तानलाई आमाले घर बाहिर निकालेपछि ज्यान भने जोगिएको छ। घरको अधिकांश सर समानहरू पूर्ण रूपले नष्ट भएका छन्। प्रत्यक्ष दर्शीका अनुसार पीडित परिवारका लगाउने लत्ता कपडादेखि खाने गाँस समेत नष्ट भएपछि पीडित परिवारमा चिन्ता छाएको छ।

ग्यासमा आगो लागे पनि आमाले आफ्नो ज्यान जोखिममा राखेर भए पनि सन्तानको ज्यान जोगाउने क्रममा आमाको हातमा आम्सिक चोट पुगेको छ। घरपरिवार द्वारा सिलिन्डर अत्याधिक पुरानो हुनु नै ग्यास वि’स्फोटको मुख्य कारण हो भनि बताएका छन्।