भारतिय र अ प्रमुखकाे नेपाल भ्रमण र शंका

काठमाण्डाै कार्तिक ७ । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनाइलाइसिस विङ्ग ‘रअ’ का प्रमुखसहितको टोली नेपाल आएर फर्किसकेको छ । तुफानी शैलीमा आएको उक्त टोलिले बुधबार राती नै प्रधानमन्त्री केपि शर्मा ओलिलाइ गुरिल्ला शैलीमा भेटघाट गरि नेपालको राजनीतिक बृत्तमा हलचल नै पैदा गरिदिएको छ ।

सरकार संचालक दल नेकपाभित्र समेत भुकम्प पैदा गरिदिएको खुफिया भ्रमण दलले के सन्देश बोकेर आएको थियो र के सन्देश बोकेर फर्कियो भन्ने कुरा अझै पनि रहस्यको गर्भमै छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का प्रभावशाली नेता माधव कुमार नेपाल समेतले रअ प्रमुख सामन्त कुमार गोएललाइ भेटेको हल्ला प्रधानमन्त्री ओली समर्थित समुहले चलाए पनि प्रचण्ड र नेता नेपाल दुबैले आफुले कसैलाइ नभेटेको कुरा सार्वजनिक गरेका छन।

नेकपा भित्रै बिबाद रहेको, सरकारको जनस्तरबाटै व्यापक आलोचना भइरहेको र लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद कायम नै रहेको यो संगिन अबस्थामा केपि ओलिले खुफिया एजेन्सीलाइ किन निमन्त्रणा गरे र रातारात भेटघाट गरे र के सम्झौता वा सन्देश आदानप्रदान गरे भन्ने कुराले अवको राजनीति नै कता जान्छ भन्ने कुराको निर्धारण गर्ने राजनीतिक बिश्लेषकहरु बताउछन ।

यसै गरि उक्त घटनाको सामाजिक संजालमा केपि ओलीप्रती ब्यंग्य सहित बिरोध जनाइएको छ । जब जब रअ प्रमुखहरु नेपाल छिर्छन तब नेपालमा अकल्पनीय घटना समेत हुने गरेको बताउदै कतिपय सामाजिक संजाल प्रयोगकर्ताले विभिन्न अनुमान समेत लगाएका छन ।

कतिसम्म भने, कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ओलीमाथी आलोचना गर्दै के यो अर्को दासढुङ्गाको तयारी त होइन समेत भनेका छन ।प्रचण्ड तिर इंकित गर्दै उनले लेखेका छन ‘ के प्रचण्डलाई दोस्रो मदन भण्डारी बनाउने योजनामा त छैनन ओलि ? यदि त्यसो होइन भने, यो कोरोना महामारीको बेला त्यो पनि अर्को देशका खुफिया एजेण्टसंग किन भेट्नु पर्यो हाम्रा प्रधानमन्त्रीलाइ ?’

स्मरण रहोस, यस अघि पनि प्रधानमन्त्री ओलीले भारत रिसाउने भन्दै नेपालको नयाँ नक्सा सहितका पुस्तक बितरणमा रोक लगाएका थिए । कहिले गोकुल बास्कोटालाइ दूतावास पठाएर त कहिले बिजेपी नेता मार्फत निरन्तर भारतको नजिक हुन चाहिरहेका ओली के भारतिय पोल्टामा पुगेकै हुन त? उनका आगामी दिनले अबस्य पनि देखाउने नै छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal