शुक्रबार , अषोज ८, २०७८

बर्दियामा नदीमा नु’ हाउन गएका तीन जना बे’ पत्ता

साउन ९, २०७८ शनिबार 70

बर्दियामा नदीमा नु’ हाउन गएका तीन जना बे’ पत्ता

बर्दिया,

साउन ९

नदीमा नुहाउन गएका तीन जना शुक्रबार बे’ पत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक र राजापुर नगरपालिका–८ का २८ वर्षिय लालता चौधरी बे’ पत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बे’ पत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बे’ पत्ता भएका छन् भने राजापुरका –८ का चौधरी बुढी खोलामा नुहाउने क्रममा बे’ पत्ता भएका छन् ।

 

 

 

 

 

 

दाजु बहिनी कर्णाली नदीको सैजना घा’ टमा नुहाउने क्रममा बे’ पत्ता भएका हुन् । उनीहरु खेल्न जान्छु भनेर घरबाट निस्केका थिए ।

छोरा छोरी बे’ पत्ता भएपछि विकको परिवारसहित गाउँ नै शो’ कमग्न बनेको छ । बे’ पत्ता बालबालिका र चौधरीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

प्रहरी र स्थानीयको सहभागितामा खोजी कार्य भईरहेको छ । नदीमा पानी धमिलो रहेकोले जालको सहयोगमा खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

फरक समाचारबाट साभार

तस्बिर ; सांकेतिक