Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

कर्णालिका मुख्यमन्त्रिकाे अविश्वासकाे प्रस्ताव बहुमतले अस्विकृत

सुर्खेत कार्तिक ७ गते । कर्णालि प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाह बिरूद्व यस अघि दर्ता गरियकाे अबिश्वासकाे प्रस्ताव अस्विकृत भयकाे छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान ११ बजे बसेको नेकपा संसदीय दलको बैठक ९ मुख्यमन्त्री समूह० ले अविश्वासको प्रस्ताव किनारा लगाएको हो। बैठकमा नेकपाका ३२ जनामध्ये १८ जना सांसद सहभागी थिए।अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको स्रोतले बताएको छ ।
यसअघि सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको हाे ।