शुक्रबार , अषोज ८, २०७८

मन्त्रालय बाँड्फाड् सकियो , कुन पार्टीलाई कति र कुन ?

साउन ९, २०७८ शनिबार 142

मन्त्रालय बाँड्फाड् सकियो , कुन पार्टीलाई कति र कुन ?

सर्वोच्चको आदेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका छन् ।उनले मंगलबार साँझ शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले मंगलबार साँझ केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन् ।देउवाको गठबन्धन सरकारमा नेकपा माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा पनि सहभागी हुनेछ ।गठबन्धनमा एमालेको ।

 

 

 

 

 

 

 

 

 

माधव नेपाल समूह पनि छ ।तर नेपालले आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् ।गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लगभग लागिसकेको बताइएको छ ।यसअनुसार कांग्रेसले अर्थ, स्वास्थ्य लिनेछ ।

भने माओवादीले गृह र जसपाले परराष्ट्र मन्त्रालय लिने भएका छन् ।देउवाले अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी गरेको कांग्रेस उच्च स्रोतले बताएको छ ।कार्की यसअघि पनि अर्थमन्त्री बनिसकेका ।

छन् भने खाण प्रतिनिधिसभाका मुख्य सचेतक हुन् । उनी देउवा निकट हुन् ।स्वास्थ्यमा गगन थापालाई ल्याउने तयारी छ । थापाले यसअघि पनि स्वास्थ्यमन्त्री भएका थिए र राम्रो काम गरेर चर्चा कमाएका थिए ।उता, माओवादीले गृह मन्त्रालय ।

 

 

 

 

 

 

पाउने भएको छ। गृहमा जनार्दन शर्माको चर्चा छ। शर्मा पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन् ।परराष्ट्र जसपाको भागमा परेको छ । उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने देखिएको छ । यद्यपि, जसपा छलफलकै क्रममा छ ।सरकारमा सहभागी हुने र नाम दिने विषयमा सम्बन्धित ।

दलहरुले औपचारिक निर्णय गर्न भने बाँकी नै छ ।जसपाका तीन नेता ।उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक आज बिहान बस्दैछ।शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।