मंगलबार , अषोज ५, २०७८

ट्राफिक हाकिमको घरमा छा’ पा मा’ र्दा सुनको सौचालय भेटिएपछि

साउन ८, २०७८ शुक्रबार 65

ट्राफिक हाकिमको घरमा छा’ पा मा’ र्दा सुनको सौचालय भेटिएपछि

 

 

 

 

काठमाडौं।

साउन ८

के कुनै सरकारी अधिकारीको यतिसम्म हैसियत हुन सक्छ कि उसले आफ्नो घरमा ट्वाइलेट समेत सुनको बनाउन सकोस् ? खबर सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो । ट्राफिक प्रहरीका एक अधिकारीले यतिसम्म भ्रष्टाचार गरेछन् कि उनले आफ्नो घरमा ट्वाइलेट समेत सुनको प्रयोग गर्थे । यी ट्राफिक अधिकारी रुसका हुन् ।

यी अधिकारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेपछि उनको घरको छापा मारिएको थियो । छापा मार्ने क्रममा जाँचकर्ताहरु आरोपी अधिकारीको भव्य हवेलीमा भव्य कोठाहरु, असाधारण सजावट र यहाँसम्म कि ट्वाइलेट समेत सुनको देखेर चकित परेका छन् । जाँच अधिकारीहरुले पछि ती अधिकारीले भ्रष्टाचार गरेर आर्जन गरेको सबै सम्पत्तिको भिडियो फुटेज पनि जारी गरेका छन् ।

 

 

 

 

 

 

 

रुसको जाँच समितिले देशको दक्षिणी क्षेत्र स्टाभरोपोलमा पुलिस अधिकारी एलेक्सी सफोनोभ र अन्य ६ जनालाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो । उनीहरुले एक आपराधिक गिरोहलाई इजाजतपत्र जारी गरेको बदलामा पैसा लिएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको थियो । सफोनोभलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा सुनको ट्वाइलेटसहित कैयौं बहुमूल्य वस्तुहरु भेटिए । घरको सजावट कुनै राजाको भन्दा कम थिएन ।

स्काइ न्यूजका अनुसार सफोनोभविरुद्ध घुसको बदलामा एक आपराधिक गिरोहलाई खाद्यान्न कार्गो ढुनानीको इजाजतपत्र जारी गरेको आरोप छ । यसरी जारी भएको इजाजतपत्रका कारण उक्त गिरोहका गाडीहरुको कुनै जाँच नभइ उनीहरु पुलिस चौकी पार गर्दै गन्तव्यसम्म पुगेका थिए । रुसको जाँच समितिका अनुसार यी पक्राउ परेका अधिकारीहरुलाई १९ मिलियन रुबल घुस दिइएको थियो ।

गिरफ्तार गरिएका अधिकारीहरुमा एक पूर्व बरिष्ठ यातायात अधिकारी, एक यातायात निरीक्षक र ४ नागरिक छन् । देशको सबैभन्दा ठूलो राजनीतिक दल युनाइटेड रशियाका एक बरिष्ठ नेता अलेक्जेन्डर खिन्शेटिनले बताएअनुसार ३५ भन्दा धेरै ट्राफिक पुलिस अधिकारीहरुलाई एक ठूलो अपरेशन अन्तर्गत गिरफ्तार गरिएको थियो ।

जाँचको लागि उनीहरुका करिब ८० सम्पत्तिमा छापा मारिएको थियो । छापा मार्दा ठूलो परिमाणमा नगद, महंगा कारहरु र दस्तावेज जफत गरिएको छ ।