शुक्रबार , अषोज ८, २०७८

माधव नेपालले खोले एमाले छोड्ने मुड नहुदा नहुदै बाहिरिन लाग्नुको रहस्य

साउन ८, २०७८ शुक्रबार 85

माधव नेपालले खोले एमाले छोड्ने मुड नहुदा नहुदै बाहिरिन लाग्नुको रहस्य

 

 

 

 

 

 

 

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई पार्टी छाड्न मन नलागेको बताएका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

पार्टी छाड्न मन नलागेपनि अपमान सहेर पार्टीमा बस्न नसकिने नेता नेपालको भनाई छ । कार्यक्रममा बोल्दै उनले अपमान सहेर बस्न पनि पार्टीमा बस्न नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताएका छन् ।

 

 

 

 

 

 

 

 

आफैंले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको पनि हुन्न नेपालले भनेका छन्त र, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिने अवस्था छैन्, अब सहेर बसिन्न । उनले भने ।

त्यस्तै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नराम्रो व्यवहार गरीरहेको उल्लेख गरेका छन् । त्यस्तै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् ।