बुधबार , साउन १३, २०७८

देउवा सरकारले अ’ त्याधिक मात्रामा खुलाए रोजगारी, यसरी दिनुहोस् रो’ जगार आवेदन? यस्तो छ प्रक्रिया

साउन ६, २०७८ बुधबार 50

देउवा सरकारले अ’ त्याधिक मात्रामा खुलाए रोजगारी, यसरी दिनुहोस् रो’ जगार आवेदन? यस्तो छ प्रक्रिया

काठमाडौं

साउन

बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने श्रम सूचना बैंक खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उ’ द्घाटन गरेका हुन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् ।

सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घो’ षणा गरेको थियो ।

श्रम सूचना बैंक वेरोजगारलाई रोजगारी खोजिदिने नेपाल सरकारको स्वामित्वको एउटा प्लेटफर्म हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा अब प्रधानमन्त्री रहन्छन् की रहन्नन् भन्ने कुराको फैसला आजै हुने भएको छ । देउवाले संसदमा आइतवार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिन सकेमात्र प्रधानमन्त्रीका रुपमा आगामी निर्वाचन सम्म कार्यकाल रहने छ । अन्यथा फेरी संसद वि’ घटन भएर मुलुक निर्वाचनमा जाने सम्भावना छ ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।

देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न फैसला सुनाएको भएपनि पुरा कार्यकाल प्रधानमन्त्री रहन उनले संसदवाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएपनि देउवाले पुनस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् । देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ ।

प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।

देउवाले विश्वासको मत लिनै लागेको बेलामा नेकपा एमालेको माधव कुमार नेपाल पक्षले के निर्णय गर्छ भन्ने सबैको चासोको विषय छ । उनको पार्टी नेकपा एमालेले विश्वासको मत नदिने र विपक्षमा बस्ने औपचारीक निर्णय गरिसकेको छ । देउवा नेपालकै सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।