बुधबार , साउन १३, २०७८

अब माधव नेपाल राष्ट्रपति बन्दैँ

साउन ५, २०७८ मंगलबार 75

अब माधव नेपाल राष्ट्रपति बन्दैँ

काठमाडौं

साउन

राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’ मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर गरिदिएको छ ।

एमालेभित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे अहिले सबैभन्दा धेरै चर्चा बालुवाटारभित्रै हुन थालेको छ ।

सहमतिले राजनीतिक रुपमा सक्रिय रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ शुरु गरेका छन् ।

उनीहरूका अनुसार ‘अन्यथा’ नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नुहुनेछ । त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव,उपाध्यक्ष वामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ बर्षपछि राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निश्कर्ष निकालिएको छ ।

आगामी डेढ वर्ष पार्टीमा सक्रिय भएपनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने भनिएको छ ।