बुधबार , साउन १३, २०७८

पूर्व प्रधानमन्त्री ओली र विपल्वबिच यस्तो भयो सहमती , अब के हुन्छ ?

साउन ५, २०७८ मंगलबार 109

पूर्व प्रधानमन्त्री ओली र विपल्वबिच यस्तो भयो सहमती , अब के हुन्छ ?

 

 

 

 

 

 

 

 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालकोट पुगेका छन्। मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विप्लवसहित शीर्ष नेताहरू खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोला उनकै निवास बालकोट पुगेका हुन् ।

 

 

 

 

 

विप्लवनिकट स्रोतका अनुसार भेटवार्तामा गत फागुन २१ गते भएको दुई पक्षीय सम्झौताको बारेमा छलफल भइरहेको जनाएको छ। सम्झौतामा उल्लेख भएका तीन बुँदे सहमति अनुसार नेकपाका नेता/कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइ हुनुपर्ने उल्लेख गरिएको थियो।

तत्कालीन ओली नेतृत्वको सरकार र विप्लवबीच के भएका थिए सम्झौताहरू

 

 

 

 

 

 

 

 

१। दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

२। नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

 

 

 

 

 

 

 

३। नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

पछिल्लो समय महासचिव विप्लव विभिन्न नेताहरूसँग भेटवार्ताको लागि दौडधुप गरिरहेका छन्। उनले केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेताहरू माधव नेपाल र डा। बाबुराम भट्टराईलाई उनीहरूकै निवास पुगेर भेटेका थिए।