मंगलबार , अषोज ५, २०७८

मास्टर माइन्ड प्रचण्डलाई देउवाले दिए सरकारको सबै जिम्मा, माओवादीबाट नयाँ राष्ट्रपति को ?

साउन २, २०७८ शनिबार 264

मास्टर माइन्ड प्रचण्डलाई देउवाले दिए सरकारको सबै जिम्मा, माओवादीबाट नयाँ राष्ट्रपति को ?

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ।

 

पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल

 

नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ।

 

 

 

 

 

 

 

 

 

ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी शेरबहादुर देउवालाई संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गरेपछि विवाद भयो।

 

आफ्नो बिदाइ सम्बोधनमा ओलीले आफू जनताबाट निर्वाचित प्रधानमन्त्री भए पनि देउवालाई परमादेशबाट नियुक्त ।

 

भएको भन्दै कटाक्ष गरेका थिए।भण्डारीले सर्वोच्च अदालको फैसला अनुसार देउवालाई प्रधानमन्त्री

 

नियुक्त गरेको उल्लेख गर्दै संविधानको धारा नै नलेखिदिएपछि शपथ ग्रहण नै विवादित बन्न पुग्यो।देउवाले आफू धारा ७६ (५)को प्रधानमन्त्री भएकाले ।

 

 

 

 

 

 

 

 

 

 

उक्त कुरा नियुक्तिको विज्ञप्तिमा उल्लेख नगरेसम्म शपथ नै नलिने अडान लिए। तर पनि सच्चिएन।

 

मंगलबार साँझ बुढानिलकण्ठबाटै देउवाले मुख्य सचिव शंकरदास वैरागीलाई नियुक्तिको भाषा सच्याउन निर्देशन दिए। तर देउवा बुढानिलकण्ठबाट शपथका ।

 

लागि शीतल निवासम्म आइपुग्दासमेत भाषा सच्चिएन। भाषा नसच्चिएपछि देउवासहित नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,

 

बाबुराम भट्टराई उपेन्द्र यादव राष्ट्रपति भण्डारीलाई नै भेट्न गए।उनीहरुले नियुक्तिको भाषाप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरे।

 

 

 

 

 

 

 

 

स्रोतका अनुसार नेताहरुले सच्याउन भनेपछि भण्डारीले आफूले नभई कर्मचारीले लेखेको भन्दै पन्छिन खोजिन्।