सोमबार , मंग्सिर १३, २०७८

कक्षा १२ का विद्यार्थीलाई भर्खरै आयो यस्तो सूचना ,सबैले पढ्नैपर्ने सबै बिद्यार्थीले हेर्नुहोला

साउन २, २०७८ शनिबार 256

कक्षा १२ का विद्यार्थीलाई भर्खरै आयो यस्तो सूचना ,सबैले पढ्नैपर्ने सबै बिद्यार्थीले हेर्नुहोला

 

 

 

काठमाडौं

कोभिड–१९ को कारणले रोकिँदै आएको कक्षा–१२ को परीक्षा साउनको अन्तिम साताबाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको योजना छ । यसका लागि बोर्डले परीक्षा सञ्चालनसम्बन्धी सम्पूर्ण विवरणसहितको निवेदन कोभिड–१९ सं’कट व्य’वस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ ।

कोभिड–१९ को सं’कट बढेपछि सरकारले गठन गरेको सीसीएमसीले सम्पूर्ण कुराको निर्णय गर्दै आएको छ । प्रवक्ता जंगबहादुर अर्यालका अनुसार बोर्डले सीसीएमसीलाई एक साताअघि नै निवदेन पठाइसकेको छ ।

 

 

 

 

 

 

 

हामी सीसीएमसीको निर्णय कुरेर बसेका छौँ उनी थप्छन्प रीक्षा भौतिक रुपमै हुन्छ । हाम्रो सम्पूर्ण तयारी भइसकेको छ । अब परीक्षा गर्ने अवस्था छ/छैन, सबै सीसीएमसीले तय गर्छ ।

यता, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बोर्डले निवेदन पठाएको पुष्टि गरे । उनले भने निवेदन आएको छ । त्यसमा छलफल भएको छ । सम्पूर्ण विवरण पठाउन बोर्डलाई आग्रह गरेका थियौँ । त्यो पनि पठाउनुभएको छ । अब एक/दुई दिनभित्र निर्णय हुनेछ ।

 

 

 

 

 

 

कक्षा–१२ विद्यालय तहको अन्तिम परीक्षा भएको र बिनापरीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि बोर्डले पुरानै मोडेलबाट परीक्षा लिन लागेको हो ।

कक्षा–१२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटो समेत खुल्ने भएकाले कक्षा–१२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

 

 

 

 

 

 

बोर्डले गएको जेठ २६ गते कक्षा–१२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । हाल कुनै पनि विश्वविद्यालयमा स्नातक तहको भर्ना नखुलेकाले कक्षा–१२ का विद्यार्थीको धेरै समय खेर नगएको उनको भनाइ छ ।

बोर्डले यसपटक कक्षा–१२ को परीक्षा फरक मोडालिटीमा हुने जनाएको छ । गत वर्ष ४० अंकको मात्रै लिखित परीक्षा लिएर कक्षा–११ को परीक्षालाई समेत आधार मानेर कक्षा–१२ को नतिजा निकालिएको थियो ।

आन्तरिक मूल्यांकनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो ।यस वर्ष कक्षा–१२ को परीक्षामा चार लाख ५० हजार विद्यार्थी सहभागी हुँदै छन् ।