शुक्रबार , अषोज ८, २०७८

जनयुद्धताका क्रस फा’ यरमा अनाहकमा मा’ रिएका कामी

असार १३, २०७८ आइतबार 66

जनयुद्धताका क्रस फा’ यरमा अनाहकमा मा’ रिएका कामी

काठमाडाै ।

 

रोल्पाको एक जना कामी जनयुद्धताका क्रस फायरमा अनाहकमा मारिए,उनी माओवादी थिएनन् । उनका एकमात्र ४ वर्षको छोरा ठेकेन्द्र कामी अहिले १६ वर्ष पुगेको छ। गरिब टुहुरो भएकोले उसलाई १२ कक्षा पढ्न नसक्ने भयो।

मैले खबर पाएँ, सहयोगका लागि अपिल गरेँ। देश विदेशका नेपालीहरूले उसलाई पढ्नका लागि तुरून्तै सवा लाख रूपैया सहयोग गरिदिए। यिनको परिवार न माओबादी हो,न एमाले । उनी राजनीतिमा मतलब नभएको एक बिपन्न दलित परिवार।

 

 

 

 

त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारमा नेकपाको नेतृत्व भए पनि कुनै सहयोग पाउन सकेनन्। ठूला ठूला कम्युनिष्ट नेताहरू भरमार भएको रोल्पा! झण्डै राजधानी बनाउन लागेका ! दाताहरूको सहयोगका कारणले अहिले त्यो किशोर फरेष्ट्री डिप्लोमा दाङको प्राविधिक कलेजमा पढ्दैछन्।

उसको आमाले मसंग कुरा हर्न चाहनुभयो । एकजनाले मसंग कुरा गराउनु भयो। मसंगको फोन कुरामा तपाई हामी दलितको भगवान हो भनिन्। राम्ररी पढाउनु होला, पैसाको चिन्ता नगर्नुहोला भनेँ, मेरा ऑखा रसाए। ठेकेन्द्र पढाई सकेर आफ्नो आमालाई पालेको दिन देख्न पर्खिरहेको छु।

 

 

 

 

पढाई सकेर मेरो पाहुना बनेर काठमाण्डौँ मेरो घरमा आउन भनेको छु। अचम्म छ, उनलाई सहयोग गर्नेमा दलित खासै कोही थिएनन्- एक जना चीनका र अर्का एक जना बम्बैमा कामगर्ने दलित दाताले केही सहयोग गरे। बॉकी सहयोग सबै गैरदलितहरूले नै गरे।

सबै सहयोग गैरदलितले गर्नुपर्ने भए ७० लाख दलित छौँ, देशै हल्लाउछौँ भनेर चिच्याएर नथाक्नेहरू कता विलाए कुन्नि? यस्ता दु:ख पाएका दलितहरू कति होलान् कति! डलरेहरूलाई राजनीति गर्नुछ त्यता हेर्न के फुर्सद!

 

 

 

 

म जस्ता गैरदलित संलग्न भएको मुसलमान, मगर, लिम्बू, जनजाति, सार्की र गरिब क्षेत्रीहरूलाई गरेको सहयोगहरूका यस्ता कथा धेरै छन्, क्रमश: भन्दै जानेछु।मेरी आमा घरभित्र जातीय छोईछाई नगर, बाहिर जे सुकै गर् भन्नुहुन्थ्यो।

(लेखक भिम उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुन )