Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

नेकपा कर्यकर्ताकाे झडमा एक दर्जन घाईते दुईकाे अवस्था गम्भिर

बीरगंज कात्तिक ६ गते । पर्सामा नेकपा कार्यकर्ताकाे झडप हुदा एक दर्जन बढि घाईते भयका छन पर्साको बिन्दवासिनी गाऊपालिकास्थित नेकपाको नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप भएको प्रहरिले जनायकाे छ ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोको दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममा झडप भएको हो । उक्त झडपमा परी २ जनालाई गम्भीर चोटपटक लागेको छ भने एक दर्जन बढी कार्यकर्ताहरु घाइते भएका छन् ।

 

घाइते सबैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर चोटपटक लागेका दुई जनामध्ये एकको अवस्था चिन्ताजनक रहेको नारायणी अस्पताले जनायकाे छ ।

उनका अनुसार एक जनाको टाउकोमा गम्भीर चोट पटक लागेको हुनाले नारायणी अस्पतालको इमेरजेन्सी वार्डमा उपचार गरी सिटी स्क्यान गर्न अस्पताल बाहिर लगेको र बाँकीको त्यही उपचार भइरहेको बताए । टाउकोमा चोट पटक लागेका ब्यक्तिको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको डा. चौरसियाको भनाइ छ । झडपमा घाइते भएका र गम्भीर अवस्था रहेको ब्यक्तिको नाम ठेगाना खुल्न नसकेको बताइएको छ ।

पछिल्लाे समय पर्सामा नेकपा अध्यक्ष र सचिवबीच विभाजित दुई समूहबीच सपथ ग्रहण कार्यक्रममै झडप भएको हो । घाईतेहरूकाे बीरगञ्जमा भई रहेकाे जनईएकाे छ ।