मंगलबार , अषोज ५, २०७८

यति गते SEE को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको घोषणा, हेर्नुहोस् नतिजा प्रकाशन हुने समय? (विज्ञप्ति सहित)

असार १०, २०७८ बिहिबार 28

यति गते SEE को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको घोषणा, हेर्नुहोस् नतिजा प्रकाशन हुने समय? (विज्ञप्ति सहित)

काठमाडौं

असार

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए ।

त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ ।

त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ ।

हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो ।

विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।

सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग अझै पहिरो जानसक्ने यकिन नभएको जानकारी गराएको छ ।

थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****