बुधबार , कार्तिक ३, २०७८

केहि गर्छु भन्नेलाई सरकारले दिने भयो ५० लाख ! कसले-कसले पाउँछ ?

असार ९, २०७८ बुधबार 191

केहि गर्छु भन्नेलाई सरकारले दिने भयो ५० लाख ! कसले-कसले पाउँछ ?

काठमाडौं । के तपाईसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाएको छैन भने अब तपाईका लागि कुनै समस्या नहुने भएको छ।सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ ।

 

 

 

 

 

 

सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७’ जारी गरेको छ ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला,अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार कार्यविधिअनुसार नै शीघ्र कार्यान्वयनमा लैजाने मार्ग प्रशस्त भएको उल्लेख गर्दै सिर्जनात्मक काम गर्नेलाई सरकारले साथ दिन लागेको छ ।

 

 

 

 

 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तनका कामलाई अगाडि बढाउने उल्लेख छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधिअनुसार कर्जा प्रवाहसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****