बुधबार , साउन १३, २०७८

यिनै हुन एन्जिला जसले आफ्नो ज्यान जो’खिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर सन्सारलाई देखाइन,

असार ९, २०७८ बुधबार 18

यिनै हुन एन्जिला जसले आफ्नो ज्यान जो’खिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर सन्सारलाई देखाइन,

मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरुद्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति निस्किएको थियो।

 

 

 

 

साथीहरुले खोलामा खोप तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अप्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौकीमा कार्यरत विपीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।

 

 

 

‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भिजियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो। खोलामा खोप तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक सञ्जालमा यो राख्न अनुरोध गरेँ।

 

 

 

यो भिडिओले राम्रो सन्देश जान्छ भनेर मैले विपीन सरसँग भिडियो मागेर टिकटकमा पोस्ट गरेँ। फलामको डन्डी प्रयोग गरेर खोप खोला तार्नु पर्ला भनेर त्यहाँ जाने स्वास्थ्यकर्मी साथीहरुले पनि सोच्नु भएको थिएन। त्यो घटना संयोगवश भएको थियो ।भिडिओ पनि संयोगवश खिचिएको थियो।

 

 

 

जब यो भिडियो मिडियामा आयो, विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नै ‘हिरोहरू’ भनेर सामाजिक सञ्जालमा सेयर गर्नुभयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नै मुस्ताङको भिडिओ सामाजिक सञ्जालमा राखेपछि यसले अन्तर्राष्ट्रिय चर्चा बटुल्यो। भिडिओ पोस्ट गर्ने समयमा मैले यति धेरै चर्चा होला भन्ने सोचेकी थिइनँ।

 

 

 

 

आफ्नो दायित्व क’ठिन परिस्थितिमा पनि पुरा गर्ने टिमसँग काम गर्न पाउँदा गौरव लागेको छ। भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि सञ्चारकर्मी साथीहरुले यसबारे सोधखोज गर्न थाल्नु भयो। विदेशमा विभिन्न पुरस्कार दिँदा पनि खोप लगाउने नागरिकहरुलाई नआइराखेको अवस्थामा यो भिडिओ आएको थियो।

 

 

 

 

हाम्रोमा खोप लगाउनकै लागि यस्तो संघर्ष गरिएको दृश्य सायद सबैलाई रोचक लाग्यो होला। मसँग पढेका साथीहरुले पनि यसबारे चासो राखे। मलाई पढाउनुभएका शिक्षकहरुले पनि प्रशंसा गर्नु भयो। खासमा भिडिओले स्वास्थ्यकर्मीले कसरी काम गरेका छन् भन्ने देखाएको थियो।

 

 

 

धेरै ठाउँबाट प्रशंसा प्राप्त हुँदा खुसीको सीमा रहेन। भिडियो पोस्ट गर्दा नराम्रो तरिकाबाट लिइन्छ कि भनेर डर नलागेको पनि होइन। जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भिडिओबारे सोध्नु भएको थियो। सुरुमा उहाँले किन सोध्नु भयो भनेर डर पनि लाग्यो।

 

 

 

 

 

तर उहाँले हाम्रो प्रशंसा गर्नु भयो। त्यसपछि राम्रो सन्देश गएछ भन्ने लाग्यो। डा. सन्देश रमण पराजुलीले भिडिओ म सँग मागेर ट्विट गर्नु भएको थियो। उहाँले नै मलाई डब्लूएचओको महानिर्देशकले तिमीहरुको भिडिओलाई राम्रो मान्नु भयो भनेर भन्नु भयो। यो सबै मैले नसोचेको कुरा भएको छ।

 

 

 

 

यो सपना जस्तो पनि भएको छ भने अर्कोतर्फ गौरव पनि लागेको छ। यो भिडिओ जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने उदाहारण पनि हो। कामको मूल्याङ्कन हुँदा सबैभन्दा खुसी लाग्ने रहेछ। हामी मात्रै नभएर अहिले सबै स्वास्थ्यकर्मी साथीहरुले दु:ख गर्नु भएको छ।

 

 

 

 

अहिले जोमसोमबाट आउने खोला बढेर पनि अप्ठ्यारो छ। पुल नहुँदा कष्टसाथ स्वास्थ्यकर्मीहरु खोला तरेर खोप अभियानमा जुट्नु भएको छ। अन्य दुर्गम ठाउँका साथीहरुले पनि यस्तो दु:ख पक्कै पाउनु भएको छ। तर उहाँहरुका त्यस्ता कुरा मिडियामा आएका छैनन्।

 

 

 

स्वास्थ्यकर्मीको यसरी प्रसंशा हुँदा हौसला पाइने रहेछ। लेतेबाट कोवाङ आउने बाटोमा छपताङ खोला पर्छ। अरु बेला यो खोला यसरी बढ्दैनथ्यो। मुस्ताङमा खासै पानी पर्दैन। छपताङ खोलामा अघिपछि मान्छे तर्न सक्छन्। बाइक स्कुटर पनि तार्न सकिन्छ। यसपटक मुस्ताङमा लगातार ७/८ दिन झरी पर्यो। यस्तो पहिले भएजस्तो लाग्दैन।

 

 

 

 

को-भि’डको मात्र होइन अरु नियमित खोप कार्यक्रम पनि चलेको हुन्छ। खोला बढ्दा ती खोप कार्यक्रमलाई पनि अफ्ट्यारो बनाएको छ। छपताङ र मार्फा खोलामा अहिले पक्की पुल बनिरहेको छ। ती पुल बनेपछि सहज होला। मुस्ताङमा फागुनको २३ र २४ गते कोरोनावि’रुद्धको पहिलो डोज लगाइएको थियो।

 

 

 

 

सुरुमा धेरै मानिसलाई खोपले काम गर्छ भनेर विश्वास दिलाउन गाह्रो भएको थियो। सामाजिक सञ्जालमा आउने हल्लाहरुले पनि सुरुमा कठिनाइ भएको थियो। तर कतिपयले राज्यले नि:शुल्क खोप दिएको छ भनेर सकारात्मकरुपमा पनि लिनु भयो। फागुन २३ मा सानो संख्यामा मात्र खोप लगाउन आउनुभयो।

 

 

 

 

उहाँहरुले लगाएपछि अन्य खोप जस्तै यसले पनि केही नहुने रहेछ भन्ने भएपछि दोस्रो दिन अरुहरु पनि खोप लगाउन आउनु भयो। अहिले खोपबारे त्यस्तो भ्रम छैन। खोप लगाउन आइराख्नु भएको छ। सबै जनालाई खोप लगाउन सकिए को’रोना महामारी नियन्त्रण हुनसक्छ।