Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

सितलाबजारकाे मास्क बैकलाई मदन भण्डारि फाउण्डेसनका सचिवकाे सहयाेग

ज्बयाेति पन्थि बर्दिया कार्तिक ६ । केहि समय अघि देखि बर्दियाको विभिन्न स्थानमा युवाहरूले मास्क बैंक सञ्चालन गर्दै आएका छन्। सो मास्क बैंकलाई सरकारका विभिन्न निकाय, संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्।

यसै क्रममा बढ़ैयताल -८ सिताला बजार मा रहेको मास्क बैंक मा मदन भण्डारी फ़ाउंडेशन को केन्द्रीय सदस्य साविक ने क पा एमाले युवा तथा खेलकूद विभाग सचिब दामोदर आर्यालले आफ्नो पनि सहयोग जनाउनु भएको छ । हाल काठमाण्डू बसोबास गर्दै आऊनु भएको उहाँ ले २००० थान मास्क पठाएर सहयोग गर्नु भएको जानकारी यस अभियानका मुख्य अभियानता सञ्जय सापकोटा ज्यूले दिनुभएको छ ।मास्क ल्याऊन सहयोग गर्नु हुने युवा संघ केन्द्रीय सदस्य नीता शर्मा र त्रि-चन्द्र क्याम्पसका अध्यक्ष गोविंद थपलिया लाई राइजिङ कालिका यूथ क्लब बढैयातालका अध्यक्ष सञ्जय सापकोटा ज्यूले विशेष धन्यवादका साथ आफ्ना सानो मन्तव्य रख्नु भएको थियो भने त्रि-चन्द्र क्याम्पसका अध्यक्ष गोविंद थपलियाले यस्तो कार्यले गर्दा समाज स्तरमा कोरोना फैलनबाट समाजलाई बचाउन सकिन्छ भनेर यस्तो कार्यमा सबै युवालाई जुट्न आग्रह गर्नु भएको थियो। मास्क हस्तान्तरण दामोदर अर्याल ज्युले गोविंद थपलिया मार्फत गराउनु भएको थियो।