मंगलबार , अषोज ५, २०७८

हार्दिक बधाई; भारत पाकिस्तानलाई पछार्दै शान्ति सेनामा नेपाल अगाडि तेस्रो नम्बरमा आउन सफल शेयर गरौं ।

असार ७, २०७८ सोमबार 42

हार्दिक बधाई; भारत पाकिस्तानलाई पछार्दै शान्ति सेनामा नेपाल अगाडि तेस्रो नम्बरमा आउन सफल शेयर गरौं ।

संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा आउन सफल भएको छ । चौथोमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई यो चोटी पछि पार्दै स्थान सुधार गरेको हो । यूएन मिसनमा खटिने सु”रक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंगलादेश पहिलो नम्बरमा छ भने अफ्रिकी मुलुक इथोपिया दोस्रोमा छ । यसपछि तेस्रोमा नेपाल आएको छ भने भारत र पाकिस्तान लाई पछि पारेको छ ।

 

 

 

 

सैनिक प्रवक्ता पौडेलका अनुसार वि”श्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए । ‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।

 

 

 

 

यूएनबाट प्राप्त सूचनाअनुसार नेपालको ५ हजार ६ सय ८६ सुरक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यस्तै, पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन् ।