शुक्रबार , अषोज ८, २०७८

उपचारको लागी दिल्ली जानु अघि ओली र झलनाथ बिच भावुक फोन संवाद के भए कुराकानी ? हेर्नुहोस्

असार ४, २०७८ शुक्रबार 51

उपचारको लागी दिल्ली जानु अघि ओली र झलनाथ बिच भावुक फोन संवाद  के भए कुराकानी ? हेर्नुहोस्

असार ०२

काठमाडौं ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् ।

आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।

शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग खनालले पार्टी मिलाउनुस् कमरेड भनेर आग्रह गरेको खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले बताए ।

आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए ।

ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने हिजो के-के भयो सबै तीता – मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड ।

म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।

खनालले आफूलाई हेट्न आएका महासचिव पोखरेललाई तपाईं यो पार्टी बुझेको र भविष्य भएको नेता हो भन्दै मिलाउन आग्रह गरेको बुढाथोकीले जानकारी दिए ।

हातमै समातेर पोखरेललाई आग्रह गर्दा खनालको आँखामा आफूले आँशु देखेको उनले बताए ।

नेपाल प्रेस बाट साभार ।