मंगलबार , अषोज ५, २०७८

सार्बजनिक यातायात खुल्ने सम्बन्धि आयो यस्तो जानकरी , कहिले खुल्छ त?

असार ३, २०७८ बिहिबार 81

सार्बजनिक यातायात खुल्ने सम्बन्धि आयो यस्तो जानकरी , कहिले खुल्छ त?

काठमाडौ

असार

को-रोनाले देशका सम्पुर्ण यातायात छेत्रलाई तहस नहस पारिरहेको बेलामा सरकारले दुई जनासम्म यात्रु राखेर काठमाडौ उपत्यकामा ट्याक्सी सन्चालन गर्न दिने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मारमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मारमा परेको दावी उनीहरुको छ ।

ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋणमा जाने चिन्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्नेे माग गरेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******