Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रधानमत्रीका भाई संग भेटियाे ११ अर्व अवैध रकम

काठमाडौं कार्तिक ६ गते । पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल–एन) का प्रमुख एवं राष्ट्रिय सभामा विपक्षी दलका नेता रहेका शाहबाज शरीफलाई मंगलबार कारागार चलान गरिएको छ । सम्पति शुद्धिकरणको मुद्दामा जेल पठाइएको हो ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको कान्छो भाई शाहबाजलाई २८ सेप्टेम्बरमा पाकिस्तानको राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) द्वारा पक्राउ गरिएको थियो । शाहबाजको जमानत (११ अर्ब १८ करोड ३६ लाख ७८ हजार ६५ रुपैयाँको मनी लान्डरिङ्ग मुद्दा) अदालतले खारेज गरेको थियो ।

२९ सेप्टेम्बरमा जवाफदेही अदालतले पञ्जाब प्रान्तका पूर्व मुख्यमन्त्री समेत रहेका शहबाजलाई हिरासतमा पठायो । लाहोरको उत्तरदायित्व अदालतले मंगलबार शाहबजको हिरासत अवधि बढाउन चाहेको कुरालाई खारेज गर्यो । पत्रकारहरुसँग कुरा गर्दै शाहबाजले इमरान खान नेतृत्वमा रहेको सरकारको आलोचना गरेका छन् ।उनले नवाज शरीफको ज्वाँई मोहम्मद सफदरलाई पक्राउ गरिएको कुरामा खेद प्रकट गरेका हुन् । विरोध प्रदर्शनका क्रममा पाकिस्तानका संस्थापक नेता मोहमद अली जिन्नाको अपमान गरेको बताउँदै सफदरलाई कराचीको होटलको कोठाबाट पक्राउ गरिएको थियाे ।

उनी एक लाख पाकिस्तानी रुपैंयाँ धरौटीमा रिहा भएका छन् । शाहबाजले इमरान खान र एनएबी मिलेर विपक्षी दलका नेताहरू विरूद्ध बदला लिन लागेको आरोप लगाएका छन् । उनलाई लाहोरको कोट लखपत जेलमा पठाइएको छ ।