शुक्रबार , अषोज ८, २०७८

बढैयातालका २ जना गरी कारोनाबाट थप ५ जनाको मृ’ त्यु

जेठ २०, २०७८ बिहिबार 24

बढैयातालका २ जना गरी कारोनाबाट थप ५ जनाको मृ’ त्यु

नेपालगन्ज

जेठ २०

बाँकेमा  थप पाँच जना कोरोना सं’ क्रमितको मृ’ त्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृ’ त्यु भएको छ ।

बैशाख ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिकाका वडा नं. ३ का ५५ वर्षीय पुरुषको भेरीमै मृ’ त्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृ’ त्यु भएको छ ।

जेठ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । दैलेख आठविस नगरपालिका वडा नं ४ का ३० वर्षीया महिलाको भेरीमा मृ’ त्यु भएको छ ।

जेठ १३ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । सल्यान कालीमाटी गाउँपालिका वडा नं. १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृ’ त्यु भएको छ ।

जेठ १५ गते पीसीआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा उपचार गराउन आउदा मृ’ त्यु हुनेको संख्या तीन सय पुगेको छ ।